July 29, 2021, Thursday

रक्षाले जन्मदिन पारेर सार्वजनिक गरिन् छोरी


नयाँ विकल्प,

काठमाडौं – कलाकार रक्षा श्रेष्ठ पनि आमा बनेकी छन् । छोरीको जन्म दिएकी रक्षाले आफु आमा बनेको बुधबार मात्र सार्वजनिक गरेकी छन् ।


उनले बुधबार परेको आफ्नो दिनको अवसर पारेर छोरीको तस्बिर सार्वजनिक गर्दै आमा बनेको समेत जानकारी दिएकी हुन् । गत बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आमा बनेको खबर भने गोप्य राख्दै आएकी थिइन् ।

आज आफ्नो पनि जन्मदिन परेको र छोरी पनि दुई महिना पुगेकाले छोरीको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेको रक्षाले बताइन् ।

रक्षाको छोरीको नाम माहिरा गुरुङ रहेको छ । उनले छोरीका साथ केही तस्बिर सार्वजनिक गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘मेरो छोरी दुई महिना पुगेकी छन् ।’

चर्चित हाँस्य सिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि चर्चामा छाएकी श्रेष्ठ पछिल्लो समय सिरियल ‘सक्किगो नि’मा पनि देखिँदै आएकी थिइन् ।

सम्बन्धित समाचार

असार
असार
  • २०७८ असार २३, २२: ४६: १४

वनकुञ्जबाट छङ्छङाएरझरेका बर्खेमूल टिल्पिलाएका मनोरम खेतका गराहरु, हरिया व्याडहरुमाबीऊ उखेलिरहेका खेताल्नी दिदी र आमाहरु हिलोमा डुबेर पसिनाका थोपा तप्पतप्प चुहाउँदैआली...

रत्नपार्ककोआकाशेपुल बनाएको चित्र मेट्नु फ्रन्टलाइनर अपमान होः नेपाली कांग्रेस
रत्नपार्ककोआकाशेपुल बनाएको चित्र मेट्नु फ्रन्टलाइनर अपमान होः नेपाली कांग्रेस
  • २०७८ असार २३, २२: ४६: १४

नयाँ बिकल्प,  काठमाडौं- रत्नपार्कको आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र हटाएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस...

कोरोनाबिरुद्ध अग्रमोर्चामा खटिएकाको अपमान गर्दै काठमाडौैं महानगरले पोत्यो भित्ते चित्र
कोरोनाबिरुद्ध अग्रमोर्चामा खटिएकाको अपमान गर्दै काठमाडौैं महानगरले पोत्यो भित्ते चित्र
  • २०७८ असार २३, २२: ४६: १४

नयाँ बिकल्प, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको क्रियाकलाप संकटमा परेकाको उद्दार र राहत वितरण गर्नेदेखि कोरोनाको चुनौतिमा...

भर्खरै

TOP