July 29, 2021, Thursday

उद्योगमा भुषाल महानिर्देशक भएपछि सेवाग्राहीले दु:ख पाउन छाडे


नयाँ बिकल्प,
काठमाडौं – सरकारी कार्यालयका कर्मचारीले अनेक बहाना गरी सेवाग्राहीलाई हैरान पारिरहेको घटना सामान्य जस्तै हुँदा संघीय सरकार मातहतको एक कार्यालय उद्योग विभागमा भने सेवाग्रही यस्तो समस्याबाट मुक्त भएका छन्।

उद्योग विभागमा सरकारी सेवा सुविधा लिन जाने सेवाग्राहीहरु यतिवेला विभिन्न उद्योग धन्दा दर्ता, नविकरण, अद्यावधिक गर्न जाँदा दुःख, झन्जट र कामै नहुने समस्याबाट मुक्त भएका छन्।

कतिपय सरकारी कार्यालयहरुमा बुझाएका कागजपत्र तथा फाइलहरु हराइदिने, सम्बन्धित व्यक्ति लामो समयसम्म कार्यालयमा नभेटिने कारण सेवाग्राहीहरु सेवा नपाएर हैरानी भएको अवस्थामा उद्योग विभागमा भने ठुला उद्योग स्थापनाका लागि निवेदन लिएर जाने व्यवसायीहरु समेत सेवा लिन सहज भएको अनुभव सुनाउन थालेका छन्।

उद्योग विभाग अन्तर्गत दर्ता हुने जुनसुकै उद्योग तथा इजाजत स्वीकृति प्रदानमा भने उद्योग विभागका महानिर्देशक जिवलाल भुषालले सेवाग्राहीलाई निकै खुसी पारेर पठाएको एक व्यवसायीले नयाँ विकल्प डटकमलाई बताए।

महानिर्देशक भुषालले निकै अगाडिदेखि निर्णय नगरी रोकेर राखिएको फाइलहरु असार मसान्तभित्रै सम्पन्न गरिदिएर व्यवसायीलाई उत्साह थपिदिएका हुन्।

आर्थिक वर्ष ०७७÷०७८ भित्र सम्पन्न भएपछि सेवा लिन गएका उद्योगीहरु महानिर्देशक भुषालसँग निकै खुसी भएका छन् । करोडौं रुपैंया लगानी गरेर उद्योग खोल्न तम्सिएका उद्योगी व्यवसायीहरु साल तमाम अगाडी नै काम सम्पन्न भएपछि सन्तुष्ट हुने गरेका हुन्।

उद्योग विभागका जिम्मेवार कर्मचारीले गलत मनसाय राखेमा उद्योग धन्दा संचालन गर्न लागेका, गरिरहेकाहरुको काममा ढिलाई गर्दिनाले उद्योगी व्यवसायीहरु दण्ड, जरिवाना, हर्जना र विलम्ब शुल्कका साथै निर्धारित समयमा नविकरण नहुँदा उद्योग संचालनमै समस्या भोग्दै आएका छन्।

महानिर्देशक भूषालको भूमिका र क्रियाकलापले सेवाग्राहीहरु उनलाई सेवानिबृत्त उपसचिव प्रेम सञ्जेललाई स्मरण गर्ने गर्छन् । धेरै जसो निजामति सेवाका कर्मचारीको सरकारी प्रक्रिया, कानून, नियम, नियमावली र पद्धति देखाएर सेवाग्राहीलाई झुल्याउने व्यवहारबाट आजित भएका सेवाग्राहीहरु भूषालको भूमिकाबाट खुसी र उत्साहि छन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ श्रावण १, १८: २८: ३०

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ श्रावण १, १८: २८: ३०

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ श्रावण १, १८: २८: ३०

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP