July 29, 2021, Thursday

गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु, ४३ घाइते

नयाँ विकल्प

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन्।

यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु हुनेमा सबैभन्दा बढी बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँचजना छन्।

हात्तीको आक्रमणबाट दुई, बँदेलको आक्रमणबाट एक र गौरी गाईको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। सोही अवधिमा निकुञ्ज र वन कार्यालय क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट ४३ जना घाइते भएका थिए।

घाइतेमध्ये २५ सामान्य र १८ जना सख्त घाइते भएको उनले जानकारी दिए। आर्थिक वर्ष २०७६/७७ मा निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृत्यु भएको थियो। तीमध्ये डिभिजन वन क्षेत्रमा एक जनाको मृत्यु भएको थियो। सोही अवधिमा ३१ घाइते भएका थिए।

घाँस दाउरा काट्न, निगुरो टिप्न, गाईबस्तु चराउन जाने क्रममा निकुञ्ज र डिभिजन वन क्षेत्रभित्र प्रवेश गर्दा वन्यजन्तुले आक्रमण गर्ने गरेको उनले जानकारी दिए। कोरोना सङ्क्रमणसँगै निषेधाज्ञाको समयमा मानिस फुर्सदिला भएर जङ्गल प्रवेश गर्ने गरेकाले पनि वन्यजन्तुको आक्रमण बढेको हो।

निकुन्जले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका तथा घाइतेको परिवारलाई राहतस्वरुप रु एक करोड ७४ लाख, ८४ हजार ९२२ वितरण गरेको छ। यो रकम मृतकका परिवारलाई रु १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचार खर्चस्वरुप अवस्था हेरी रु २० हजारदेखि दुई लाखसम्म वितरण गरिएको थियो।

यस्तै घरगोठ, पशुधन, अन्नबाली, बाली भण्डारणजस्ता क्षेत्रमा वन्यजन्तुले पुर्‍याएको क्षतिबापत पनि राहत वितरण गरिएको थियो।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ श्रावण ७, ०८: १९: ५९

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ श्रावण ७, ०८: १९: ५९

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ श्रावण ७, ०८: १९: ५९

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP