July 29, 2021, Thursday

एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण थमाएका ओलीले भने ‘सबैलाई माफी दिएँ’


नयाँ बिकल्प,

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारलाई विश्वास छ भनी प्रस्ताव गर्दा पक्षमा मतदान गरेका एमाले २२ सांसदलाई कारबाही गर्ने भन्दै २४ घण्टे स्पष्टिकरणको पत्र थमाएका एमाले अध्यक्ष केपी शर्मा ओली त्यस्तो निर्णयबाट पछि हटेका छन्।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित देउवाको पक्षमा मतदान गरेको भन्दै मंगलबार एमालेले पार्टीका २२ सांसदलाई कारबाही गर्ने उदेश्यले २४ घण्टा भित्र जवाफ पेश गर्नु भन्दै स्पष्टिकरण सोधेको थियो। तर कुनै पनि सांसदले स्पष्टिकरण नदिएपछि ओली आफ्नो निर्णयबाट पछि हटेका हुन्।

उनले पार्टीभित्रको कलहले कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको भन्दै सबैलाई पार्टीमा फर्किन आग्रह गर्दै बरिष्ठ नेता नेपाल पक्षलाई बाटो बिराएको भन्दै बाहिर रहेकाहरुलाई माफी दिन तयार रहेको बताएका हुन्।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कोही कतै बाटो बिराएर जानुभएको छ भने आउनुस्, मैले माफी दिएँ ।’ उनले आफू जनादेशका कारण नभई परमादेशका कारण बाहिरिनुपरेको कुरा पुन दोहोर्याए।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ श्रावण ७, १८: ४०: ३६

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ श्रावण ७, १८: ४०: ३६

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ श्रावण ७, १८: ४०: ३६

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP