July 29, 2021, Thursday

एडीबीले कोरोना खोप किन्न नेपाललाई दिने भयो २० अर्ब ऋण

नयाँ विकल्प
काठमाडौं – एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोनाकोरोनाविरुद्धको खोप खरीदका लागि १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने निर्णय गरेको छ ।

एडीबीले बिहीबार कोरोना खोप अभियान संचालन र आपूर्ति प्रणालीमा यो ऋणले सहयोग पुग्ने विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

यसबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने एडीबीले जनाएको छ ।

एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफेना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

यो सन् २०२० डिसेम्बरको निर्णय हो । सोही अन्तर्गत नेपालले समेत यो सहयोग पाएको हो ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ श्रावण ७, २०: ३७: २२

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ श्रावण ७, २०: ३७: २२

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ श्रावण ७, २०: ३७: २२

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP