July 29, 2021, Thursday

असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना


नयाँ विकल्प,


काठमाडौं – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १६२ घटना भएको जनाएको छ ।

इन्सेकले असारको तथ्याङ्क आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।

इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना पीडित भएका छन् ।

ती घटनामध्ये पत्नी हत्याका छ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको तीन, बलात्कार प्रयासपछि हत्याको एकसहित २२ जनाको हत्या भएका घटना अभिलेख गरिएको छ ।

यो अवधिमा झडपमा १२ जनासहित १५ जना घाइते भएका छन् । गिरफ्तारीका घटनामा तीन महिलासहित ३० जना, कुटपिटबाट पाँच जना, धम्कीका घटनामा एक जना र यातनाका घटनामा एक जना पीडित भएका छन् ।

बालअधिकार उल्लङ्घनका घटनामा परी ५३ जना बालिका पीडित भए भने महिला अधिकार उल्लङ्घनका घटनामा ३२ जना पीडित भएको इन्सेकले जनाएको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ श्रावण ७, २२: २८: १४

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ श्रावण ७, २२: २८: १४

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ श्रावण ७, २२: २८: १४

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP