September 20, 2021, Monday

वैशाखदेखि बन्द रहेको फुटसल पुनःसञ्चालन गर्ने व्यवसायीको निर्णय

नयाँ विकल्प

काठमाडौं- फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ। कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने सङ्घले निर्णय गरेको हो।

सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण निषेधाज्ञा जारी भएसँगै बन्द गर्नुपरेको फुटसल खोल्ने निर्णय गरेको जानकारी गराएको हो। सङ्घका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा सावधानी अपनाई खेल सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष अनुमति मागे पनि नपाएको उल्लेख छ।

सानो समूहमा खेल सञ्चालन गर्ने, प्रतियोगिता नगर्ने, खेलाडीले सबै मापदण्ड अनिवार्य अपनाउने, साबुन पानीले हात धुने, शौचालयलगायत फुटसल सञ्चालन गरिएको क्षेत्रलाई कीटाणुरहित बनाउने, मास्क र स्यानिटाइजरको व्यवस्था गर्नेलगायत सङ्घले प्रतिबद्धता जनाएको छ।

जिल्ला प्रशासनले उदासिनता देखाएपछि बाध्य भएर सावधानी अपनाई फुटसल सञ्चालन गर्ने निणर्यमा सङ्घ पुगेको विज्ञप्तिमा उल्लेख छ सरकारले होटल, रेष्टुराँ, सार्वजनिक यातायातलगायत भिडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेलमा भने प्रतिबन्ध नै लगाएको छ।

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ श्रावण १६, १०: ५७: ४०

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ श्रावण १६, १०: ५७: ४०

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ श्रावण १६, १०: ५७: ४०

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...