September 20, 2021, Monday

१४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेद्वारा संसदमा नारावाजीपछि बैठक स्थगित(भिडियाे सहित)


काठमाडौं । नेकपा एमालेका सांसदहरुले तत्कालिन नेकपा एमालेका बरिष्ठ नेता तथा हाल नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई सभाभुखले पदमुक्त नगरेको भन्दै संघीय संसदका दुवै सदन अबरोध गरेको छ।

आजबाट शुरु भएको प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि सबै सांसदलाई धन्यबाद व्यक्त गरिरहँदा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।


एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भदौ १ गते एमालेले अनुसासनको कारबाही गरी सभामुखलाई त्यसको जानकारी दिए पनि पदमुक्त नगरेको भन्दै सभामुखले निष्पक्ष भूमिका निभाउन नसकेको आरोप लगाए। भट्टराईले सभामुख सापकोटालाई एमालेलाई विभाजित गर्न भूमिका खेलेको आरोप लगाउँदै निर्वाचन आयोगले समेत एमालेमाथि पूर्वाग्रह साँधेको आरोप लगाए।


उनले २०७७ चैत २४ गते माओबादीले आफ्ना ४ सांसद कारबाहीको सूचना दिनासाथ पदमुक्त भएको र २०७७ असार २४ गते जनता समाजबादीले कारबाही गरेको सूचना दिनासाथ सांसद सरिता गिरीलाई पदमुक्त गरेको नजिर भएको दाबी गरे।


विपक्षी एमाले सांसदले रोष्टम घेरेपछि सभामुख सापकोटाले सर्वोच्च अदालतमा बिचाराधिन विषयमा सदनमा छलफल गर्न संविधानको धारा १०५ र प्रतिनिधिसभाको नियमावली २०७५को नियम २१ को खण्ड ख, ग र घ को व्यवस्था विपरित हुने जनाए।

एमाले सांसदले सभामुखको आसनअघि आएर नारा लगाउन थालेपछि सभामुख सापकोटाले देशमा संविधान, कानून र नियम भएको भन्दै संसदीय मर्यादाभन्दा बाहिर नजान पटक पटक आग्रह गरे। करिव नौं मिनेटसम्म नारावादी भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको थियो।

भिडियाे…

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र २३, १६: ५३: ०३

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र २३, १६: ५३: ०३

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र २३, १६: ५३: ०३

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...