September 20, 2021, Monday

उद्योग परिसंघमा छुट्टाछुट्टै समिति गठन

नयाँ विकल्प,

काठमाडौं – नेपाल उद्योग परिसंघमा उद्योग, बैंक तथा वित्तीय संस्था र रोजगारदाता परिषदको छुट्टाछुट्टै समिति गठन भएको छ ।

परिसंघका राष्ट्रिय परिषद समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको छ । समितिको संयोजकमा उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी छन् ।

समितिको सह–अध्यक्षमा शरदकुमार तिवडेवाला छन् भने सदस्यहरूमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर र अमुल श्रेष्ठ छन् ।

यस्तै, गौरव गोयल, राहुलकुमार अग्रवाल, राजीवकुमार गुप्ता, रोहित लोहिया, शिलशिला आचार्य, सुरजभक्त पौडेल, ताराप्रसाद पौडेल, तेन्जिङ जोपा लामा, वरुणकुमार तोदी र विजय दुगड समेत सदस्यमा छन् । समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्ने परिसंघले बताएको छ ।

यस्तै परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ । समितिको संयोजकमा उपाध्यक्ष रोहित गुप्ता छन् ।

परिषदका सदस्यहरूमा अमित मोर, अर्पित अग्रवाल, आशिष अग्रवाल, अशोक शेरचन, वर्षा श्रेष्ठ, भेषराज दवाडी, विनोद आत्रेय, गुरु न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, सौरभ दुगड, दिवस न्यौपाने, अनिल शर्मा, आनन्द शर्मा वाग्ले र हिमांशु गोल्छा छन् ।

समितिले बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तारको काम गर्ने बताएको छ ।

यसैगरी, परिसंघका राष्ट्रिय परिषद सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद गठन भएको छ ।

परिषदको संयोजकमा उपाध्यक्षमा उपाध्यक्ष राजेशकुमार अग्रवाल छन् ।

समितिको सदस्यहरूमा अजयराज जोशी, अमित मोर, अर्पित अग्रवाल, मनिष खेमका, राहुल अग्रवाल र रतनलाल केडिया रहेका छन् ।

यसैगरी परिसंघका कानुनी सल्लाहकार शैलनाथ गौतम समितिको आमन्त्रित सदस्य छन् ।

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र २७, २१: १७: ५७

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र २७, २१: १७: ५७

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र २७, २१: १७: ५७

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...