September 20, 2021, Monday

प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुराको कांग्रेस वडा अधिवेशनलाई पौडेल समूहले मान्यता नदिने


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला जिल्ला डडेलधुरामा भएको वडा अधिवेशनलाई पार्टीको संस्थापनइत्तर समूहले मान्यता नदिने भएको छ।


आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले डडेलधुरामा भएको वडा अधिवेशनलाई कुनै पनि हालतमा मान्यता नदिन निर्वाचन समितिसमक्ष माग गरेको छ।


पत्रकार सम्मेलनमा पौडेलले डडेलधुरामा गरिएको वडा अधिवेशनमा राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरिएको भन्दै सो घटनालाई अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण भएको बताए।


डडेलधुराको घटनाले महाधिवेशन निष्पक्ष हुनेमा आशंका देखिएको भन्दै फेरि चुनाव गराउनु माग गरिएको छ। उनले सो निर्वाचनलाई फेक चुनावको संज्ञा दिए। सो समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने निष्कर्ष निकालेको थियो।
असन्तुष्ट नेताहरुको तर्फबाट नेता रामचन्द्र पौडेलले जारी गरेको प्रेस विज्ञप्ति–

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र २८, १७: ५६: ५४

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र २८, १७: ५६: ५४

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र २८, १७: ५६: ५४

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...