September 20, 2021, Monday

नेकपा एसमा जानु पाउँ भन्ने एमालेका २ सांसदको रिट संयुक्त इजलासमा


काठमाडौं । नेकपा एमालेबाट अलग भई निर्माण भएको दल नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गरिमाग्ने एमालेका दुई संघीय सांसदको रिटमाथिको सुनुवाई संयुक्त इजलासमा हुने भएको छ।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै नेकपा एमालेको संघीय संसदका सदस्यद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च अदालत गएर अन्तरिम आदेशको माग गर्दै गत भदौ २३ गते रिट दिएका थिए।

अन्तरिम आदेश माग गरेका नेकपा एमालेका ति सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास तोकेको हो।

उनीहरुको मुद्दा संयुक्त इजलासको एक नम्बरमा रहेको छ। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो।

भदौ २७ गते न्यायाधीश मिरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारवाही नगर्न एमालेलाई आदेश गरिएको थियो।

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र २९, १४: ४५: ५४

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र २९, १४: ४५: ५४

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र २९, १४: ४५: ५४

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...