September 20, 2021, Monday

सर्वोच्चले निर्वाचन आयोगलाई भन्यो– एमाले सांसद पाण्डे र भट्टलाई नेकपा (एस) रोज्न दिनु


काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई दल रोज्न पाउने अधिकारबिरुद्ध कुनै कामकारबाही नगर्न निर्वाचन आयोगका नाममा आदेश दिएको छ।

सांसदद्वय पाण्डे र भट्टलाई एमालेबाट अलग भई नेकपा एकीकृत समाजबादी दल गठनको लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदनमा हस्ताक्षर नभएको भन्दै निर्वाचन आयोगले नयाँ दलमा जान रोक लगाएको थियो।

आयोगको सो निर्णयबिरुद्ध सांसदद्वयले गत भदौ ८ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट हालेका थिए। रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सर्वोच्च अदालतले मंगलबार बोलाएकोमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरुलाई दल रोज्न दिनु भन्ने आदेश दिएको हो।

सांसदद्वयको नयाँ दलमा आबद्ध हुन पाउने हकमा कुनै असर पर्ने गरी कामकारबाही नगर्न नगराउन निर्वाचन आयोगलाई इजलासले आदेश दिएको छ। निवेदनको अन्तिम किनारा नलागेसम्म उक्त अन्तरिम आदेश गरिएको हो। योसँगै संघीय संसदमा नेकपा एकीकृत समाजवादीमा सांसदको संख्या ३२ पुगेको छ। संसदमा पनि समाजवादीले तत्कालीन एमालेको २० प्रतिशत प्रतिनिधित्व सुरक्षित गरेको छ।

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र २९, १६: ४५: ५४

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र २९, १६: ४५: ५४

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र २९, १६: ४५: ५४

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...