September 20, 2021, Monday

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सेल्फ आइसोलेशनमा


नयाँ विकल्प,

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्ना नजिकका सहयोगी कोरोना सङ्क्रमित भएपछि सेल्फ आइसोलेशनमा बसेका छन् ।

सेल्फ आइसोलेशन सङ्क्रमण रोक्न अलग्गिएर बस्ने प्रक्रिया हो ।

रोयटर्स, एएफपीलगायतका समाचार एजेन्सीले यस खबरको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

पुटिन यस हप्ता केही महत्त्वपूर्ण बैठकमा भाग लिनका लागि ताजिकिस्तानको राजधानी दुशन्बे जाने तय भएको थियो ।

तर रुसी सरकारको कार्यालय क्रेमलिनका अनुसार सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि पुटिनको ताजिकिस्तान यात्रा रद्द भएको छ ।

पुटिनले कोरोना भाइरसविरुद्धको रुसी खोप स्पुतनिक लगाएका छन् ।

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र २९, १९: ५९: ३८

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र २९, १९: ५९: ३८

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र २९, १९: ५९: ३८

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...