September 20, 2021, Monday

प्रचण्ड भन्छन् ‘आउँदो निर्वाचनमा माओबादी पहिलो पार्टी बन्छ’


काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्।


माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसको अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रममा माओबादी अध्यक्ष प्रचण्डले यस्तो दाबी गर्दै अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने ठोकुवा गरे।

‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पहिलो पार्टी हुन्छ भनेर पनि पत्याएनन, जनतामा प्रचण्डलाई एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो’, प्रचण्डले भने, तर, विपक्षीहरुले बन्दुक देखाएर दुई– चार सिट ल्याउँछ भन्थे।’

आफूले दुईपटक सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट एक सय भन्दा बढी मन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले यो ८–१० वर्ष आफूहरुले अरुलाई गाली गरेर बिताएकोमा अब आफैंलाई गाली गर्दै ‘मैले बिगारेँ, म सच्चिनपर्छ’ भन्नेबाट सुरु गरेमा पार्टी बदलिने बताए।

अहिलेको सरकारको गठबन्धन अर्को निर्वाचनसम्म जान सक्ने संकेत गर्दै उनले भने ‘हामी मित्रहरुको खोजीमा छौं, यही गठबन्धनलाई अगाडि दुई तिहाईको सरकार बनाउने अवसरबाट हामी टाढा भएका छैनौं।’

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र ३०, १४: ०७: २९

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र ३०, १४: ०७: २९

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र ३०, १४: ०७: २९

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...