September 20, 2021, Monday

नेकपाबाट प्रचण्ड गुटमात्रै अलगिएको अध्यक्ष ओलीको दाबी

नयाँ विकल्प,
रुपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले विकासका काम गर्न सकेनन् आफु गर्न खोज्दा अवरोध सृजना गरेको दाबी समेत गरे ।

चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने समेत उनले बताए ।

नेकपा एमाले रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताए ।

माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप लगाए ।

यस्तै, माओवादी केन्द्रका मुख्य नेताहरु एमालेमा रहेको समेत उनको दाबी थियो ।


सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र ३०, २०: २८: ०४

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र ३०, २०: २८: ०४

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र ३०, २०: २८: ०४

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...