October 20, 2021, Wednesday

एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री बनेको हुँ :अष्टलक्ष्मी शाक्य

नयाँ विकल्प,

महोत्तरी – नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफु बागमती प्रदेशकी मुख्यमन्त्री बनेको अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।

महोत्तरीको बर्दिबासमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको बताइन् ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन् ।

एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो ।

नेता नेपालको नेकपा एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन् ।

सम्बन्धित समाचार

पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, बेपत्ताको तत्काल खोजी गर सरकार:पंचा सिंह
पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, बेपत्ताको तत्काल खोजी गर सरकार:पंचा सिंह
  • २०७८ आश्विन २, २१: २७: ४२

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुवानले मानवीय र धनजन तथा बाली नालीमा पुगेको...

जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
  • २०७८ आश्विन २, २१: २७: ४२

काठमाडौं । सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली...

पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
  • २०७८ आश्विन २, २१: २७: ४२

काठमाडौं । देशको विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । धेरै मानिस सम्पर्कविहीन छन्...

Happy Dashain