October 20, 2021, Wednesday

सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए

नयाँ विकल्प,
सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ ।

एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्कामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

उनका अनुसार यस घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए ।

गएको भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

सम्बन्धित समाचार

नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
  • २०७८ आश्विन ३, २२: २०: १७

काठमाडौं । नेपालगञ्जकी नकुन्नी धोवीको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दा बाँकेको प्रहरी प्रशासनले किटानी जाहेरी नै नलिएपछि राजधानीको माइतीघरमा...

माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च
माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च
  • २०७८ आश्विन ३, २२: २०: १७

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय तहमा तीनवटा आयोग, दुई वटा समिति र एक ज्येष्ठ कम्युनिस्ट मञ्च गठन...

महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
  • २०७८ आश्विन ३, २२: २०: १७

काटमाडौं । महाकाली नदी र स्थानीय खहरे खोलामा आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण आइकाृ बाढीले कञ्चनपुर जिल्लाको महाकाली टापुमा...

Happy Dashain