October 20, 2021, Wednesday

लगानी बोर्डद्धारा ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

नयाँ विकल्प,

काठमाडौं- प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा शनिबार बसेको लगानी बोर्डको ४८ औं बैठकले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान गरेको हो ।

लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुम खोला जल विद्युत परियोजना रहेको छ ।

संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजी वृद्धि स्वीकृति प्रदान गरेको छ ।

यसैगरी, बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्ड समक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।

सम्बन्धित समाचार

जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
  • २०७८ आश्विन २३, २०: १५: ५२

काठमाडौं । सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली...

पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
  • २०७८ आश्विन २३, २०: १५: ५२

काठमाडौं । देशको विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । धेरै मानिस सम्पर्कविहीन छन्...

नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
  • २०७८ आश्विन २३, २०: १५: ५२

काठमाडौं । नेपालगञ्जकी नकुन्नी धोवीको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दा बाँकेको प्रहरी प्रशासनले किटानी जाहेरी नै नलिएपछि राजधानीको माइतीघरमा...

Happy Dashain