October 20, 2021, Wednesday
प्रदेश १ मा कांग्रेसका तीन सांसद तीनै मन्त्री, काठमाडाैं जिल्लामा ४ सांसद शुन्य मन्त्री

काठमाडौं उपत्यकाबाट कांग्रेसलाई मन्त्री खै ?

काठमाडौं । करिब ३ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।


यद्यपि ८८ दिनपछि मन्त्रिपरिषद्लाई शुक्रबार पूर्णता दिएपनि आफ्नै पार्टी नेपाली कांग्रेसबाट सरकारमा सहभागी गराइएका केही मन्त्रीको नाम र मन्त्री बन्न नपाउनेहरुको असन्तुष्टिबाट देउवा सरकार मुक्त हुन भने सकेनन् । कांग्रेसका तर्फबाट सात मन्त्री र एक राज्यमन्त्री भएका छन् । संघीय संसदको कुनै पनि सदनको सदस्य नभएका बाँकेका कांग्रेस नेता गजेन्द्रबहादुर हमाललाई उद्योग वाणिज्य तथा आपूती मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


तर, पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एकलौटी तवरबाट मन्त्री छनौट गर्दा काठमाडौं उपत्यकालाई व्यवास्ता गरेको उपत्यकाका कांग्रेस नेताहरुको गुनासो छ ।


काठमाडौंबाट चार–चार जना निर्वाचित सांसद हुँदा समेत पार्टीले मन्त्री बनाउन उपेक्षा गरेकोे कांग्रेस नेताहरुले आरोपका लगाएका हुन् ।
काठमाडौं उपत्यकामा कांग्रेसका तर्फबाट निर्वाचित सांसद् मध्ये बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि नेता प्रकाशमान सिंह विजयी भएका थिए ।


सिंहले निकटतम प्रतिस्पर्धी विकेकशील साझाका उम्मेवार रविन्द्र मिश्रलाई ८ सय १८ मतअन्तरले पराजित गरेको थिए । कम्युनिष्टहरुको दबदबा रहेको क्षेत्रमा कडा प्रतिस्पर्धाबीच सिंहले १० हजार ९३६ मत प्राप्त गरेका थिए । यस्तै, संविधानसभा निर्वाचन, २०६४ मा पनि काठमाडौं १ बाट नै सिंह १४ हजार ३१८ मत प्राप्त गरि विजयी भएका थिए ।

यसअघि नेता सिंहले पार्टीको जिल्ला कार्यसमितिको अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मवारी निर्वाह गरिकेका छन् । यस्तै उप–प्रधानमन्त्री, संघीय मामिला मन्त्री, स्थानीय विकास मन्त्रीको जिम्मेवारी वहन गरीसकेका छन् ।


तर, वर्तमान अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्दा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि उपत्यका क्षेत्रमध्ये आन्दोलनको इतिहास रचना गर्ने काठमाडाैं उपत्यकामा कांग्रेसको तर्फबाट मन्त्री नचुनिनु दुर्भाग्य भएको नेताहरुको भनाइ छ ।


त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ४ बाट कांग्रेस प्रतिनिधिसभा सदस्य बनेका गगन थापाले प्रतिस्पर्धी नेकपा एमालेका राजन भटराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेको थिए । उनले कम्युनिष्टहरुको लामो समयदेखि राजनीतिक दबदबा क्षेत्रमा कडा प्रतिस्पर्धाका वाजुद २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए ।


कांग्रेसका युवा नेता तथा प्रखर वक्ताको रुपमा समेत उनलाई चिनिन्छ । लोकतान्त्रिक आन्दोलनमा लोकप्रिय छवि बनाएका थापा लोकप्रिय युवा नेता मध्ये एकमा पर्छन् । यसभन्दा अघि नेता थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनिसकेका छन् ।


उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामध्ये ललितपुरबाट समानुपातिक सांसद उमेश श्रेष्ठ राज्यमन्त्री भएका छन् ।
काठमाडौं उपत्यकाबाट राज्यमन्त्री बनाएपनि मन्त्री नै बनाउन कांग्रेस असफल भयो ।
सभापति देउवाले आफु निकट अनि आफ्नै गुटका समानुपातिक सांसद श्रेष्ठलाई मौजुदा मन्त्रिमण्डलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीबाट शुक्रबार मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी परिवर्तन गरेका छन् ।


कांग्रेसको तर्फबाट निर्वाचित नेतामध्ये काठमाडौं ६ बाट भीमसेनदास प्रधान पनि एक हुन् । प्रधानले वाम गठबन्धनबाट बनेका माओवादीका नेता झक्कु सुवेदीलाई पराजित गरेका थिए । प्रधानले १६ हजार ७८५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी सुवेदीले १५ हजार ४८५ मत पाएका थिए ।


कडा प्रतिस्प्रर्धाकाबिचमा उपत्यकामा कांग्रेसलाई जित दर्ज गराउन प्रधान सफल भएका थिए । यसरी कडा प्रतिस्प्रर्धाले निकटम प्रतिद्धन्दीलाई हराएका सांसदहरुलाई समेत कांग्रेस नेतृत्वकै सरकारले अनदेखा गरेर उपत्यकाविहिन मन्त्रिमण्डल निर्माण गरेको नेता तथा कार्यकर्ताको बुझाइ छ ।


काठमाडौं क्षेत्र नम्बर १० बाट कांग्रेस नेता राजेन्द्रकमार केसी प्रतिनीधि सभा सदस्य छन् । केसीले २४ हजार १९० मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हितमान शाक्यलेभन्दा २ हजार २८३ मत प्राप्त गरी विजयी भएका थिए ।


नेता केसीले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका सुरेन्द्र मानन्धर र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत हराएका थिए । उनले युवा खेलकुदमन्त्रीको जिम्मेवारी समेत वहन गरिसकेका छन् । सांसद केसीसँगै काठमाडौंबाट निर्वाचित हुने सांसद ४ हुन् ।

पौडेल समूहका लागि देउवा पक्षले दुई मन्त्रालय दिएको छ । जसमा सरकारमा प्रतिनिधित्व गर्ने रक्षा मन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बढु हुन् । बुधबार बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेपनि पनि दुई मन्त्रालयमा चित्त बुझाएको छ ।


सो बैठकमा पार्टी सभापति देउवाले २ मन्त्रालय भन्दा बढी दिन नसक्ने बताएका थिए । पौडेल समूह भित्रपनि अन्य उपगुटबिच मन्त्री बनाउने रस्साकसी चल्दा समेत उपत्यका भित्रबाट सरकारमा प्रतिनिधित्व गर्ने कांग्रेसले मन्त्री चयन गर्न सकेनन् ।

कांग्रेसले २०७४ सालकाे संघीय संसदकाे निवार्चनमा प्रत्यक्षतर्फ २३ सिट जितेकाेमा संसदीय दलका उपनेता तथा पार्टी उपसभापति सुनसरी ३बाट विजयी विजयकुमार गच्छदारलाइ अख्तियारले मुद्धा दर्ता गरेकाे र राैतहट २बाट निर्वाचित माेहम्मद अफताव अालमलाइ फाैजदारी अभियाेगमा थुनामा राखेपिछ हाल दुवै जना संसद सदस्य छैनन्।

प्रदेश नम्वर १ बाट प्रत्यक्ष निर्वाचित कांग्रेसका सांसदकाे संख्या ३ छ। माेरङ –२बाट निर्वाचित डा. मिनेन्द्रप्रसाद रिजाल, सुनसरी ४ बाट निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की र उदयपुर १ निर्वाचित डा. नारायण खड्का । उनीहरू तीनैजना यस्ता भाग्यमानी हुन्, सबैले मन्त्री पद पाएका छन्। रिजालले रक्षा, कार्कीले संचार र खड्काले परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी पाएका छन्। १ नम्वरप्रदेशबाट संघीय संसदमा रहेका सांसदहरू सबै समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।

यसरी १ नम्वर प्रदेशका १४ जिल्लाबाट जम्मा निर्वाचित सांसद ३ हुदा तीनै जनाले मन्त्री पाउनु तर हरेक क्रान्ति र परिवर्तनकाे नेतृत्व गरेकाे काठमाडाैं एक्लाै जिल्लाबाट ४ जना सांसद निर्वाचित हुँदा पनि मन्त्रीपरिषद्मा नसमेट्नु देउवा सरकारकाे काठमाडाैंप्रतिकाे पूर्वाग्रही व्यवहार भएकाे राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सम्बन्धित समाचार

जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
  • २०७८ आश्विन २४, ०१: ४६: ५५

काठमाडौं । सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली...

पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
  • २०७८ आश्विन २४, ०१: ४६: ५५

काठमाडौं । देशको विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । धेरै मानिस सम्पर्कविहीन छन्...

नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
  • २०७८ आश्विन २४, ०१: ४६: ५५

काठमाडौं । नेपालगञ्जकी नकुन्नी धोवीको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दा बाँकेको प्रहरी प्रशासनले किटानी जाहेरी नै नलिएपछि राजधानीको माइतीघरमा...

Happy Dashain