October 20, 2021, Wednesday

उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत, ‘स्वविवेकले राजीनामा दिएको हुँ’

नयाँ विकल्प,

काठमाडौ । विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान पुगेर हमालले राजीनामा पत्र बुझाएका थिए ।

प्रधानमन्त्री देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत समेत गरिसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।

‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ उनले भने, ‘कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’

राजीनामा पत्रमा उनले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । यस अघि उनको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।

उनले अस्ति शुक्रवार मात्रै पदभार ग्रहण गरेका थिए ।

सम्बन्धित समाचार

पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, बेपत्ताको तत्काल खोजी गर्न अखिल क्रान्तिकारीले गरायाे सरकारको ध्यानाकर्षण
पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, बेपत्ताको तत्काल खोजी गर्न अखिल क्रान्तिकारीले गरायाे सरकारको ध्यानाकर्षण
  • २०७८ आश्विन २४, ११: २७: ०४

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुवानले मानवीय र धनजन तथा बाली नालीमा पुगेको...

जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
  • २०७८ आश्विन २४, ११: २७: ०४

काठमाडौं । सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली...

पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
  • २०७८ आश्विन २४, ११: २७: ०४

काठमाडौं । देशको विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । धेरै मानिस सम्पर्कविहीन छन्...

Happy Dashain