October 20, 2021, Wednesday

अन्धविश्वासका कारण एक महिलाको हत्या, तीन जना प्रकाउ

काठमाडाैं । पासो लागि मान्छे मरेको डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासका कारण महिलाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले नुवाकोट घर भइ हाल ललितपुरको सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २५ गते बिहान प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका बस्ने कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको र घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

डोरीले कसेर हत्या गर्ने र त्यो डोरी महँगोमा बेच्ने योजनासहित तीन जनाले कमलाको ज्यान लिएको प्रहरीको दावी छ । प्रहरीले अभियुक्तहरु २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगरलाई पक्राउ गरि सार्वजनिक गरेको हो । भदौ २४ गते नै चिनजानमा रहेकी कमलाकहाँ पुगेको र राति कमलाको हत्या गरेको महाशाखाका डिएसपी निशान थापाले जानकारी दिनुभयो ।

हत्या गर्ने डोरीमा शक्ति हुने र ऐनामा नदेखिने कुरा अन्धविश्वासमात्र भएको थाहा पाएपछि उनीहरुले डोरी नजिकैको इनारमा फ्याँकेर फरार भएका थिए । त्यसपछि उनीहरुले मृतकका कानमा लगाएको गहना र मोवाईल लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै प्रहरीले ठूलो परिमाणमा भण्डारण गरिएको अवैध आतिसवाजी एवं पटाका सहित ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा गढिमाई घर भई हाल कुपण्डोल बस्ने बर्ष ३० का उमेश कुमार जैसवाल रहेका छन् ।

सम्बन्धित समाचार

माओवादी बैठकः राष्ट्रिय सम्मेलनको तयारी केन्द्रीत
माओवादी बैठकः राष्ट्रिय सम्मेलनको तयारी केन्द्रीत
  • २०७८ आश्विन २४, १४: ५३: ०९

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी...

रुपन्देहीकाे घटनामा वार्ता र संवादबाटै समाधान खोज्छाैंः गृहमन्त्री खाँण
रुपन्देहीकाे घटनामा वार्ता र संवादबाटै समाधान खोज्छाैंः गृहमन्त्री खाँण
  • २०७८ आश्विन २४, १४: ५३: ०९

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएकाले प्रशासनले हस्तक्षेप गरेको बताएका छन् । संसद भवन...

सरकारद्धारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
सरकारद्धारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
  • २०७८ आश्विन २४, १४: ५३: ०९

नयाँ विकल्प, काठमाडौं – सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

Happy Dashain