October 20, 2021, Wednesday

कपिलवस्तुको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु भेटियो, प्रकोप नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयको दावी

नयाँ विकल्प,

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको पाइएको छ ।

झाडापखला प्रभावित क्षेत्रको पानीको एउटा नमुनामा इकोली देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धान गरी उक्त प्रकोपको कारण तथा सम्भावित स्रोतको खोजी कार्य जारी छ ।

अनुसन्धानको क्रममा प्रभावित क्षेत्रको पानीको एउटा नमुनामा इकोली देखिएको हो । दिसा तथा पानीका अन्य नमुना विस्तृत परीक्षणको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा झाडापखाला तथा वान्ताका बिरामी ६८८ पुगेको मन्त्रालयले जनाएको छ ।

कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा फैलिएको झाडापखला तथा वान्ताका कारण आइतबारसम्म बिरामी हुनेको संख्या ६८८ पुगेको विज्ञप्तिमा उल्लेख छ ।

जसमध्ये ६३१ जना डिस्चार्ज भएका छन् भने ४० जना बिरामीको तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै १७ जना बिरामीको कृष्णनगर नगरपालिकास्थित शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

असोज १८ गतेदेखि सो नगरपालिकाकाको तीन वडामा झाडापखला र बान्ताका बिरामी फेला परेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वडामा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आएको दावी गरेको छ ।

सम्बन्धित समाचार

नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
  • २०७८ आश्विन २४, २१: २५: २०

काठमाडौं । नेपालगञ्जकी नकुन्नी धोवीको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दा बाँकेको प्रहरी प्रशासनले किटानी जाहेरी नै नलिएपछि राजधानीको माइतीघरमा...

माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च
माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च
  • २०७८ आश्विन २४, २१: २५: २०

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय तहमा तीनवटा आयोग, दुई वटा समिति र एक ज्येष्ठ कम्युनिस्ट मञ्च गठन...

महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
  • २०७८ आश्विन २४, २१: २५: २०

काटमाडौं । महाकाली नदी र स्थानीय खहरे खोलामा आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण आइकाृ बाढीले कञ्चनपुर जिल्लाको महाकाली टापुमा...

Happy Dashain