October 20, 2021, Wednesday

आज महाअष्टमी पर्वः महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरि मनाइदैँ

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ ।

शास्त्रसम्मतरूपमा आज दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । ब्राह्मणका लागि भने पशु बलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ ।

आज उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लागेको छ ।

सम्बन्धित समाचार

पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, बेपत्ताको तत्काल खोजी गर सरकार:पंचा सिंह
पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, बेपत्ताको तत्काल खोजी गर सरकार:पंचा सिंह
  • २०७८ आश्विन २७, ०९: ३१: ५८

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुवानले मानवीय र धनजन तथा बाली नालीमा पुगेको...

जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
  • २०७८ आश्विन २७, ०९: ३१: ५८

काठमाडौं । सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली...

पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता
  • २०७८ आश्विन २७, ०९: ३१: ५८

काठमाडौं । देशको विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । धेरै मानिस सम्पर्कविहीन छन्...

Happy Dashain