१. संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाका माननीय सांसदहरु संसद अधिवेशन भएका बेलामा हाजिर गरेर टाप ठोकेकाले गणपूरक संख्या नपुगेर महत्वपूर्ण विधेयकहरु प्रस्तुत हुन नसकेको समाचार आउँदा हामी मतदाताहरुको मन कँुडिन्छ । यसले एकातिर सांसदहरु आफू जे कामका लागि जनताको अमूल्य मतले संसदमा प्रवेश गरेका हुन्, त्यसप्रति कति सचेत छन् भन्ने नकारात्मक सन्देश प्रवाहित गरेको पाइन्छ भने अर्कोतिर संसदको गरिमाप्रति औँलो ठड्याउनेहरुलाई यसले बल पु¥याउँछ ।
२. संसदको गरिमा हामीले राख्ने हो । संसद आफैँ केही बोल्दैन तर आफ्ना कर्तव्यप्रति सचेत रहेको भनेको संविधान, ऐन,नियमावलीले देखाउँछ । संसद बोल्ने भनेको सभामुखमार्फत् हो । सभामुख या अध्यक्ष जे नामाकरण गरे पनि संसदको मुख भएकाले नै सभामुख भनिएको हो । त्यसैले सांसदहरुले नियमानुसार बोल्दा सभामुखलाई सम्बोधन गरेर उहाँमार्फत् आफ्ना कुरा सार्वजनिक गरिन्छ, चाहे त्यो सरकारले गरोस् या सांसदले गरुन् ।
३. यो समीक्षकले भर्खरै जस्तो राष्ट्रिय समाचार समितिले विभिन्न दलका मुख्य सचेतक, सचेतकहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको बेलामा सहभागी हुने मौका पाएको थियो र अनौपचारिक समयमा भनेको थियो—मुख्य सचेतक तथा सचेतकज्यूहरु, अध्यादेश पारित हुने या नहुने ,विधेयक संशोधन गर्ने या नगर्ने या पारित गर्ने या नगर्ने तपाईँहरुको कर्तव्य हो तर जे कामका लागि संसद छिर्नु भएको हो, संसदमा उपस्थिति त बेलैमा जनाउन लगाउनुस्, संसदको बैठक चलुन्जेल सबै दलका सांसदहरु संसदभित्रै उपस्थित गराउनूस् । अनि मुख्य सचेतकहरुले भने—हाम्रो कोसिस रहनेछ, के गर्नू , सांसदज्यूहरु हाजिर गरेर हिँड्नु हुन्छ ।
४. सुन्दा पनि लाज हुन्छ, लाजले पनि लाज मान्ने जस्तो हुन्छ । संसदको बैठक खुला नै हुन्छ सामान्यतया, खासगरी प्रतिनिधि सभामा खालि खालि देखिन्छ । बेलुका समाचार आउँछ, सांसदहरु हाजिर गरेर हिँडेकाले कोरम पुगेन र विधेयक प्रस्तुत हुन सकेन । वास्तवमा जनताले , प्रत्यक्ष या अप्रत्यक्षरुपमा होस् , सांसदलाई संसदमा भूमिका निर्बाह गर्न पठाएको हो । काम धेरै छ भने राजीनामा दिएर आफ्ना कामहरु गर्न स्वतन्त्र हुन सकिन्छ । होइन भने पाँचवर्ष या ६ वर्षको लागि चुनिएका सांसदहरु( जहाँका भए पनि , संघीय या प्रदेश सभामा जहाँ भए पनि ) को कर्तव्य हुन्छ जनताका अति जरुरी कामका बारेका संसदमा सूचना दिने, सरकारलाई सचेत गराउने, सभामुखमार्फत् निर्देश दिन लगाउने काम गर्नुपर्छ । तर लाजको पनि लाजको कुरा छ, सांसदहरु संसदमा छैनन् । त्यसो भए कहाँ गए त ? व्यक्तिगत काममा ? या गैर सरकारी संस्थाको भत्ता आउने बेठकमा ? नियम अनुसार सभामुख या अध्यक्षलाई जानकारी छ त ? होइन भने सभामुख या अध्यक्षले कार्बाही गर्नुपर्छ र
भ्याउने सांसदका लागि ठाउँ रिक्त गराउन पनि पर्छ । संसदीय व्यवस्था भनेको अराजक व्यवस्था हैन, झन नियम कानुनको राज्यका लागि कानुन बनाउने ठाउँ हो । जसले कानुन बनाउँछ, उसैले कानुनको खिल्ली उडाउँदै सकेसम्म नजाने, गए पनि टाप ठोक्ने ? चाहे प्रधानमन्त्री , चाहे पूर्व प्रधानमन्त्री जो होस् ,ऊ सांसद पहिले हो र उसको दायित्व संसदप्रति र संसदमार्फत्
जनताप्रति हुन्छ ।
५. र अन्त्यमा, अब त्यस्तो सुन्नु नपरोस् । संसदले सांसदहरुलाई कडाइ गरोस् आफ्नो नियम अनुसार । यदि प्रचलित नियम अनुसार गर्दा को रिसाउँछ होला ? यो समीक्षकको अनुरोध छ, सभामुखज्यू र अध्यक्षज्यूहरुलाई , उपस्थितिलाई कोरमसम्ममात्र सीमित नगरियोस् र सबै सांसदहरुलाई सकेसम्म अनिवार्य उपस्थितिका लागि निर्देश दिइयोस् । कोही विरामी होलान् या कतै जानु पर्ने होला सरकारी काममा, संसदका काममा , जनताका काममा । सभामुखको अनुमति लिएर जाऊन् । अध्यक्षको अनुमति लिएर जाऊन् । यदि सांसदहरुले आफूलाई अराजक बनाउन थाले भने, संसदलाई अनावश्यक कुरामा अलमल्याउन थाले भने सभामुख या अध्यक्षले तत्काल रुलिङ् गरुन् । संसदको मर्यादा राखेमात्र सांसदको पनि मर्यादा रहनेछ । विज्ञेषु किमधिकम् ।
१.अन्तरिम सरकारको कर्तव्य संविधान क्षत विक्षत गराइयो र प्रतिनिधि सभा प्रतिशोधात्मक तरिकाले विघटन गरियो भन्ने र संविधानलााई न्यूनतमरुपमा क्षति पु¥याएर...
१. अन्तरिम प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति नेपालको इतिहासमा २०८२ साल भाद्र २३ र २४गतेले नयाँ इतिहास बनायो ।...
१.प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालका प्रधानमन्त्री केपी शर्मा ओली यी हरफहरु लेखिरहँदा चीन भ्रमणमा हुनुहुन्छ । चीनमा सांघाई सहयोग संगठनको...