ट्रम्पले ल्याए ‘ट्रम्प गोल्ड कार्ड’ भिसा कार्यक्रम, ५० लाख डलरमा नागरिकता नै पाइने – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

ट्रम्पले ल्याए ‘ट्रम्प गोल्ड कार्ड’ भिसा कार्यक्रम, ५० लाख डलरमा नागरिकता नै पाइने

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् ।

ट्रम्पले यो कार्यक्रम अन्तर्गत कार्ड खरिदका लागि ५० लाख अमेरिकी डलर अर्थात् ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिने जनाएका छन् ।

उक्त कार्डले अमेरिकामा बसोबास र काम गर्ने सुविधा प्रदान गर्ने तथा नागरिकता प्राप्त गर्न मार्ग खोल्ने बताइएको छ ।

ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ । यस्तै उनले यो कार्ड रुसी अर्बपतिहरुलाई पनि बिक्री गर्ने जनाएका छन् ।

ट्रम्पले यसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने नयाँ मार्गको रूपमा प्रस्तुत गरेका छन्। उनले ‘ट्रम्प गोल्ड कार्ड’ लाई हालको ईबी-५ भिसा कार्यक्रमको विकल्प भनेका छन् ।

सन् १९९२ मा अमेरिकी कंग्रेसले ईबी–५ कार्यक्रम स्थापना गरेको थियो, जसअन्तर्गत कम्तीमा १ दशमलव ५ मिलियन डलर वा आर्थिक रूपमा कमजोर क्षेत्रका परियोजनामा ८ लाख डलर लगानी गर्ने विदेशी नागरिकले अमेरिकामा स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) पाउने व्यवस्था छ ।

सम्बन्धित समाचार

एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
  • २०८१ फाल्गुन १४, ११: ५३

काठमाडौँ : गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।...

देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
  • २०८१ फाल्गुन १४, ११: ५३

काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८१ फाल्गुन १४, ११: ५३

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...