कोरोनाबाट काठमाडौंमा २ सहित ४ को मृत्यु, तीन सय ३८ संक्रमित थपिए – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कोरोनाबाट काठमाडौंमा २ सहित ४ को मृत्यु, तीन सय ३८ संक्रमित थपिए

नयाँ विकल्प,
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलदै जाँदा राजधानी काठमाडौंमा तुलनात्मक रुपमा जोखिम बढ्न थालेको छ । सोमबार एकै दिन काठमाडौंमा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको सख्या ७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार नेपालमा कोरोनाका थप तीन सय ३८ जना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार तीन सय १० पुगेको छ । सक्रिय संक्रमितको सख्या भने ६ हजार तीन सय ३८ रहेको छ ।

काठमाडौं महानगरपालिकाको मध्यवानेश्वरस्थित ७६ बर्षे पुरुषको साउन २६ गते विहान १० बजे मेडिकेयरमा उपचारको क्रममा कोरोनाका कारण मृत्यु भएको छ । सोही दिन काठमाडौं जिल्लाको कीर्तीपुर नगरपालिकास्थित ट्याँङलाफाँट बस्ने ६४ बर्षे पुरुषको समेत निधन भएको छ ।

मन्त्रालयका अनुसार वाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. २ बस्ने ७० वर्षीय महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा साउन २५ गते ३ बजे मृत्यु भएको छ ।

उच्च रक्तचापको विरामी ति महिलालाई साउन २३ गते भर्ना गरिएको थियो । साउन २५ गते बिहान पर्षाकी एक महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण हाल १० हजार ७ सय ५९ जना आइसोलेसनमा राखिएको छ भने कोरोना संक्रमण भएर उपचार पछि निको भएर घर फर्कनेको सख्या १६ हजार बढी रहेको छ । पाँच सयभन्दा बढी संक्रमित भएका ४ जिल्लामा पर्षा, रौतहट, काठमाडौं र महोत्तरी रहेका छन् ।

सोमबार मोरङका १५, धनुषका १३, पर्षाका २१, रौतहटका २५ भन्दा बढी, प्युठानका १५, र वाँकेका ६२ भन्दा बढीमा एकै पटक कोरोनाको संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौं जिल्लामा ३४ जना ललितपुरमा ५ जना र भक्तपुरमा तीन जना कोरोनाका संक्रमित फेला परेका छन् ।

सोमबार मात्र थप १४० जना डिस्चार्ज भएका छन । यो कुल संक्रमितमध्ये ७० दशमलव ७ प्रतिशत निको भएर घर फर्किएका हुन् । कुल डिस्चार्ज हुनेको संख्या १६ हजार चार ९३ पुगेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २६, १७: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ श्रावण २६, १७: २८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ श्रावण २६, १७: २८

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...