मन्त्री गुप्ताको बल मिचाईंले स्थानीयका प्रमुख प्रशासकीय अधिकृत अलपत्र – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper

मन्त्री गुप्ताको बल मिचाईंले स्थानीयका प्रमुख प्रशासकीय अधिकृत अलपत्र

काठमाडौं । सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा एमालेले सत्तारुढ दल नेपाली कांग्रेसलाई पेलेर स्थानीय तहमा प्रशासकिय अधिकृत पठाउँदा विवादले उग्र रुप लिएको छ । प्रशासकिय अधिकृतको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा निवासदेखि सिंहदरबारसम्म चर्चा र चासो बढेको छ । एमाले मन्त्रीले कांग्रेसले मेयरमा जितेका पालिकामा बल मिचाईं गर्दै आफु निकट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतलाई पठाउँदा देउवा समक्ष गुनासो पुगेको हो ।

कांग्रेसका मेयर तथा प्रमुख र कतिपय नेताहरु त एमालेले एकलौटी गरेको भन्दै यसै विषयलाई लिएर सरकारलाई दिएको समर्थनको समेत विषयमा सोच्नुपर्ने बताउन थालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग टसल परिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहकै विषयमा अर्को यो जटिल विवाद पनि उत्कर्षमा पुगेको छ ।

बागमती प्रदेशमा नेपाली कांग्रेसले २२ वटा पालिकामा मेयर÷प्रमुखमा जितेको छ । जसमध्ये ५ वटा पालिकामा बढुवा लगायतका कारण प्रशासकिय अधिृकत रिक्त भएको थियो । ती पालिकाहरु चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका लगायत छन् । यिनै पालिकामा कांग्रेसको तर्फबाट विजय भएर पालिकाको कमाण्ड सम्हालिरहेका मेयर तथा प्रमुखसँग समन्वय नै नगरी र सत्तारुढ कांग्रेससँग समेत सल्लाह नगरी सबै रिक्त ठाउँमा एमाले निकट कर्मचारीहरु प्रशासकिय अधिकृत पठाएपछि विवादले उग्र रुप लिएको हो ।

एक मेयरका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पालिकालाई आफ्नै विभाग जस्तै गरेर समन्वय समेत नगरी प्रशासकिय प्रमुख तोकेर पठाउँदा समस्या आएको बताएका छन् । प्रशासकिय अधिकृतको विषयमा मन्त्रालय र पालिकाबीच विवाद बढ्दा मन्त्रालयले तोकेर पठाएका प्रशासकिय अधिकृतले हाजिर गर्न पाएका छैनन् । उनीहरु आजका दिनसम्म सरुवाको पत्र लिँदै मन्त्रालयमै हाजिर गरेर घर फर्कने गरेको बुझिएको छ ।

मन्त्रालयले पठाएका प्रशासकिय अधिकृतलाई कुनै पनि पालिकाले हाजिर गर्न नदिने रणनीति बनाएको बुझिएको छ किनकी कांग्रेसबाट निर्वाचित भएका मेयर÷प्रमुख हरुले कांग्रेस एमाले संयुक्त सरकारको नीति विपरित सरसल्लाह नगरी पठाइएका प्रमुख प्रशासकीय अधिकृतलाई कुनै पनि हालमा हाजिर नगराउने रणनीति लिएको एक मेयरले बताए । चन्द्रागिरी नगरपालिकामा गत फागुन १ गते नै भुवनेश्वर लामिछानेलाई मन्त्रालयले सरुवा गरेको थियो ।
लामिछानेले सोही दिन हाजिर गर्न आउन लागेको भन्दै मेयरलाई सम्पर्क गरेका थिए । तर, सरुवाको विषयमा आफूसँग मन्त्रालयले कुनै समन्वय नगरेको भन्दै नआउन भनेपछि उनी रोकिए ।

मेयरले उनलाई नआउन भनेपनि उनी शुक्रबार (फागुन २३ गते) चन्द्रागिरी नगरपालिकाको कार्यालयमा पुगे । तर, उनलाई पालिकाले हाजिर समेत गर्न मानेन । भुवनेश्वर मात्रै हैन मन्त्रालयले यसरी पठाएका कुनै पनि प्रशासकिय अधिकृतलाई पालिकाले हाजिर गर्न दिएको छैन । पालिका जान नसकेको उनीहरु मन्त्रालयमा नै पुगेर घर फर्किने गरेका छन् ।

लेखकदेखि देउवासम्मलाई दबाब
एमालेले पेलेर एकलौटी रुपमा आफू निकट प्रशासकिय अधिकृत पठाएको भन्दै गुनासो लिएर ती पालिका मेयर÷प्रमुखहरु पार्टी सभापति शेर बहादुर देउवालाई गुनासो गर्न पुगेका थिए । तत्काल देउवाले कांग्रेसबाट गृहमन्त्री बनाइएका रमेश लेखकलाई फोन गरेर समस्या समाधान गर्न निर्देशन दिएका थिए । देउवाले उतिबेलै तपाईंले सामान्य प्रशासन मन्त्रीसँग सल्लाह गरेर समस्या समाधान गर्ने हो भनेर सोधे प्रतिउत्तरमा मन्त्री लेखकले समाधान गर्ने आश्वासन दिए तर फेरिदेउवाले प्रधानमन्त्रीसँग पनि कुरा गरौं त भनेर प्रतिप्रश्न गरेको एक सहभागी मेयरले बताए । तर, आजसम्म त्यो समस्या समाधान भएको पाइएको छैन । विवाद झन् झन् बढ्दै जाँदा मेयर तथा प्रमुखहरु सभापति देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेताहरु पूर्ण बहादुर खड्का लगायत नेतालाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरिरहेका छन् । भने गृहमन्त्री लेखकले आश्वासन दिएर सुदूचपश्चिमको भ्रमणमा निस्केका छन् । उनी फागुन २८ गते मात्र काठमाडौं फर्किने बुझिएको छ ।

 

सम्बन्धित समाचार

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८१ फाल्गुन २५, १७: १७

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
  • २०८१ फाल्गुन २५, १७: १७

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
  • २०८१ फाल्गुन २५, १७: १७

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...