राजावादीहरूलाई लोकतन्त्रभित्र ठाउँ खोज्न प्रचण्डको सुझाव – Naya Bikalpa
May 14, 2025, Wednesday      Epaper

राजावादीहरूलाई लोकतन्त्रभित्र ठाउँ खोज्न प्रचण्डको सुझाव

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको चहलपहल पछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन् ।

यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए । पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको उनको भनाइ छ ।

प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक काम गरिए क्रान्तिले शक्ति देखाउने चेतावनी दिए । उनले राजावादीहरूलाई लोकतन्त्रभित्र ठाउँ खोज्न सुझाव दिए ।

जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको उनले दोहोर्‍याए । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।

सम्बन्धित समाचार

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
  • २०८१ फाल्गुन २७, १४: २२

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार...

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
  • २०८१ फाल्गुन २७, १४: २२

गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई...

स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
  • २०८१ फाल्गुन २७, १४: २२

काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...