राजावादीहरूलाई लोकतन्त्रभित्र ठाउँ खोज्न प्रचण्डको सुझाव – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

राजावादीहरूलाई लोकतन्त्रभित्र ठाउँ खोज्न प्रचण्डको सुझाव

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको चहलपहल पछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन् ।

यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए । पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको उनको भनाइ छ ।

प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक काम गरिए क्रान्तिले शक्ति देखाउने चेतावनी दिए । उनले राजावादीहरूलाई लोकतन्त्रभित्र ठाउँ खोज्न सुझाव दिए ।

जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको उनले दोहोर्‍याए । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०८१ फाल्गुन २७, १४: २२

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८१ फाल्गुन २७, १४: २२

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०८१ फाल्गुन २७, १४: २२

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...