गगनको सुझाव : आफू हुँदा सबै ठिक, नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्यागौं – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

गगनको सुझाव : आफू हुँदा सबै ठिक, नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्यागौं

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सरकारमा आफू हुँदा ठिक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम सबैले त्याग्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले सो कुरा बताएका हुन् । उनले राजावादी सडकमा आउनुमा सरकारको मात्रै दोष नभएको बताए ।

सांसद थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताउँदै जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए ।

सांसद थापाले २०६२/०६३ को जनआन्दोलनमा साथ दिएका नागरिक यतिबेला असन्तुष्ट रहेकाले संवाद गर्नुपर्ने बताए ।

आफूहरूले संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने भन्दै उनले संघीयताका विषयमा कांग्रेसप्रति शंका गर्नु नपर्ने बताए ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकले संघीयतामा पार्टीलाई लैजाने पहिलो निर्णय गरेको उनले बताए ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८१ फाल्गुन २७, १४: ५६

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८१ फाल्गुन २७, १४: ५६

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८१ फाल्गुन २७, १४: ५६

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...