काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सरकारमा आफू हुँदा ठिक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम सबैले त्याग्नुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले सो कुरा बताएका हुन् । उनले राजावादी सडकमा आउनुमा सरकारको मात्रै दोष नभएको बताए ।
सांसद थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताउँदै जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए ।
सांसद थापाले २०६२/०६३ को जनआन्दोलनमा साथ दिएका नागरिक यतिबेला असन्तुष्ट रहेकाले संवाद गर्नुपर्ने बताए ।
आफूहरूले संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने भन्दै उनले संघीयताका विषयमा कांग्रेसप्रति शंका गर्नु नपर्ने बताए ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकले संघीयतामा पार्टीलाई लैजाने पहिलो निर्णय गरेको उनले बताए ।
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार...
गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई...
काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...