नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ ख प्रदेशले गर्यो राजनैतिक तथा धार्मिक भ्रमण – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ ख प्रदेशले गर्यो राजनैतिक तथा धार्मिक भ्रमण

दोलखा l नेपाली कांग्रेस क्षेत्र नं. ९ (ख) प्रदेशले २ दिने राजनैतिक तथा धार्मिक भ्रमणको आयोजना गरिएको छ । जस अनुसार नेपाली कांग्रेस क्षेत्र नं. ९ ख प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा ४३ जना नेताहरु सहभागी भएका थिए । काठमाडौं कलंकीबाट सुरु भएको धार्मिक तथा राजनैतिक भ्रमण काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक दोलखासम्म पुगी मुख्य–मुख्य पौराणिक तिर्थस्थलहरु पलान्चोक भगवती, दोलखा, भिमसेन, कालिञ्चोक माता लगायतको तिर्थटनसँगै चरिकोटमा पहिलो दिन राजनैतिक भेटघाट तथा संगठनसम्बन्धी नेपाली कांग्रेस, दोलखाका पार्टी सभापति मेयर लगायत कांग्रेस नेताहरुसँग विचार विमर्शका साथै आत्मियता र संगठन सुदृद्ध गर्ने कार्यमा छलफल भएको थियो ।


त्यसैगरी दोस्रो दिन नेपाली कांग्रेस क्षेत्र नं. ९ (ख)का नेताहरुले वर्तमान अवस्थाको बारेमा विचार विमर्श तथा छलफल गरेका थिए । जसअनुसार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाले वर्तमान कांग्रेस एमाले सरकार गठबन्धनका फाइदा र बेफाइदाका बारे प्रकाश पार्दै राम्रा कुराको प्रचार र नराम्रा कुराको बारेमा कांग्रेस एमालेका जोसुकै मन्त्री हुन हामीले खबरदारी गर्नपर्ने बताइन् । कांग्रेस नेता महासमिति सदस्य धर्मराज गौतमले क्षेत्र नं. ९ को कांग्रेसको संगठन सुदृढीकरणका बारेमा प्रकाश पारेका थिए । त्यसैगरी महासमिति सदस्य नेतृ रिता ढाकाल (दवाडी)ले आन्तरिक कहलको निराकरण तथा गुटबन्दीको अन्त्य हुन जरुरी भएको कुरामा प्रकाश पारेकी थिइन् ।


आत्मियता र संगठन सुदृद्ध बनाउन यस्ता राजनैतिक तथा धार्मिक भ्रमणले ठूलो टेवा पु¥याउने भन्दै यसलाई निरन्तरता दिन प्रदेश खलाई आग्रह गरिन् । महासमिति सदस्य सुमन श्रेष्ठले नेपाली कांग्रेस क्षेत्र नं. ९ ख प्रदेशले गरेको राजनीतिक तथा धार्मिक भ्रमणले कांग्रेस भित्रको आन्तरिक संगठन मजबुद हुने बताए ।


त्यसैगरी महासमिति सदस्य रश्मिला मल्लले सहर गाउँ बीचको राजनैतिक सम्बन्धमा देखिएको अन्तरकलह बिग्रह र असन्तुष्टि र समाधानका बारेमा प्रकाश पारेकी थिइन् । त्यसैगरी कांग्रेस नेता एवं नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिका कोषाध्यक्ष राजेन्द्र बुढाथोकीले काठमाडौं जिल्ला र क्षेत्र नं. ९ बीच देखिएको राजनैतिक, समस्या समाधान र उपायको बारेमा प्रकाश पारेका थिए । नेपाली कांग्रेस क्षेत्र नं. ९ का सभापति राजेन्द्र भट्टराईले राजनैतिक तथा धार्मिक भ्रमण, विचार गोष्ठीका बारेमा प्रकाश पार्दै विकास निर्माण तथा संगठन सुदृढमा बढी केन्द्रीत हुन जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।


राजनैतिक तथा धार्मिक भ्रमणसँगै गरिएको उक्त कार्यक्रमका सभापति राजेन्द्रप्रसाद भट्टराई, केन्द्रीय सदस्य नानु बास्तोला, महासमिति सदस्यहरु रिता ढकाल (दवाडी), धर्मराज गौतम, सुमन श्रेष्ठ, रश्मिला मल्ल, काठमाडौं कांग्रेसका कोषाध्यक्ष राजेन्द्र बुढाथोकी, नेपाली कांग्रेस क्षेत्र नं. ९ (ख)का सभापति मोहन बस्नेत, महाधिवेशन प्रतिनिधि शिवजी भट्टराई, ख प्रदेशका उपाध्यक्ष रमेश प्रसाद गौतम, त्यसैगरी कांग्रेसका स्थानीय नेताहरु श्रीकृष्ण खत्री, देवेन्द्रराज गिरी, क्षेत्रीय सदस्य, माधव न्यौपाने, पारु थापा, हरिशरण महत, अनिल लामा, बालावती शर्मा, बाला पुरी, सन्तोष दाहाल, गोविन्दहरि गोतामे, हरिमान लामा, शिक्षक नेता राजु सापकोटा, क्षेत्रिय कोषाध्यक्ष शर्मिला रंजित बोहोरा, उमेश कोइराला, प्रकाश श्रेष्ठ, सूर्यमान तामाङ, प्रदीप अधिकारी लगायत कांग्रेसका जिम्मेवार पदमा पदासिन ४३ जनाको उपस्थिति रहेको वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी  बताए । भने उक्त कार्यक्रमको सञ्चालन (ख) प्रदेशका सचिव माधवप्रसाद भुषालले गरेका थिए ।

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८१ चैत्र ३, १८: ३०

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८१ चैत्र ३, १८: ३०

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८१ चैत्र ३, १८: ३०

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...