गोरखा यात्रा पदयात्राको ऐतिहासिक उपलब्धि – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper

गोरखा यात्रा पदयात्राको ऐतिहासिक उपलब्धि

– जयराम बिडारी
गोरखा जहाँ इतिहास जीवित छ’’ भन्ने नाराका साथ गोरखा नगरपालिकाद्वारा सुरु गरिएको पर्यटन वर्ष २०२५ कार्यक्रमा सहभागिता जनाउनुका साथै शहिद लखन गाउँपालिका,गोरखा दरवारको अवलोकन गर्दे राष्ट्रिय रुपमा ख्यातिप्राप्त लेखक,साहित्यकार तथा पत्रकारहरुको समूहको तीन दिने स्रष्टा पदयात्राको ९२ अ‍ौं शृङ्खला सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा सहभागिता जनाउन तथा गोरखाका विभिन्न स्थानको अध्ययन,अनुसन्धान र अवलोकन गर्ने उद्देश्यले ‘’स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’’ भन्ने मूल नारा अङ्गिकार गरेको पदयात्री टोली यही चैत्र १ देखि ३ गतेसम्म मन्दिरा मधुश्रीको नेतृत्वमा , त्यसतर्फ प्रस्थान गरेको थियो । पदयात्रा नेपालका जनसम्पर्क विभाग प्रमुख डा.बालचन्द्र मिश्र तथा स्थानीय संयोजकका रुपमा गोरखा नगरपालिकाका प्रथम नगरप्रमुख… विशेष कार्यक्रमकाबीच रमेश थापा मगरकृत गजल सङ्ग्रह ‘’वसन्तको आँकुरा’’ लोकार्पण ‘’कृषि पर्यटन र पूर्वाधारको दीगोपन,समृद्ध सुसंस्कृत शहीद लखन ‘’शहिद लखन गाउँपालिका गोरखाद्वारा आयोजित तथा शहिद लखन साहित्य समाजको सहआयोजन एवम् स्रष्टा पदयात्रा नेपालको समन्वयमा सञ्चालित स्रष्टा जमघट तथा सिर्जनावाचन कार्यक्रम’ का बीच रमेश थापा मगरकृत गजल सङ्ग्रह ‘’वसन्तको आँकुरा’’ लोकार्पण गरिएको थियो ।

शहीद लखन गाउँपालिकाको वडा नं ६ को सभाहलमा सम्पन्न गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहनबहादुर मगरको प्रमुख आतिथ्यमा शहिद लखन गाउँपालिकाका अध्यक्ष समेत रहेका गजलकार ‘वसन्तको आँकुरा’ का सर्जक रमेश थापा मगरको अध्यक्षतामा वरिष्ठ मुक्तककार तथा साहित्यकार ज्ञानुवाकर पौडेल, स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी ,पूर्वमेयर विश्वेश्वर कट्टेल तथा चर्चित मुक्तककार तथा वसन्तको आँकुराका सम्पादक समेत रहेका स्थानीय साहित्यकार सन्तोष अम्गाईं लगायतको आतिथ्यमा स्रष्टा जमघट,सिर्जना वाचन तथा साहित्यिक अन्तरकृया सम्पन्न गर्ने क्रममा ‘वसन्तको आँकुरा’ लोकार्पण गरिएको थियो ।

प्रमुख अतिथिद्वारा व्यानर पढेर तथा पानसमा दीप प्रज्ज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको सो समारोहमा राष्ट्रिय गान बजाई शहिदप्रति मौन धारण गरी शुरुवात गरिएको थियो । कार्यक्रममा स्थानीय बाल कालाकारहरुबाट स्वागत नाच प्रस्तुत गरिएको थियो,भने प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरद्वारा राष्ट्रिय स्तरमा पहिचान निर्माण गरेका यति धेरै चर्चित साहित्यकार हरुलाई मोफसलमा स्वागत गर्दै रचना वाचन गर्न र सुन्न समेत पाउँदा अत्यन्त खुशी लागेको बताउँदै स्वागत गरेका थिए ।


सो समारोहमा स्रष्टा पदयात्राका नेपालकी सदस्य तथा यात्रा संयोजक समेत रहेकी मन्दिरा मधुश्रीबाट मन्तव्यका क्रममा स्रष्टाहरुलाई न्यायो आतिथ्यसहितको सत्कारले अत्यन्त पुलकित रहेको बताउँदै यो खुशीलाई स्रष्टाहरुले आफ्ना सिर्जनशील कर्मबाट अभिव्यक्त गर्ने बताउंदै आभार व्यक्त गरिन् । कार्यक्रममा पोखरीडाँडा महिला भजन समूहद्वारा ‘प्यारो छ नेपाल,सुन्दर,शान्त,विशाल’ भजन प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानीय स्रष्टा भरत खनालका हाईकूहरू प्रस्तुत भए , यसैगरी सीताराम भण्डारीका “रित्तिए छिमेकी“ कविता चूडामणि न्यौपानेद्वारा नारायण प्रसाद पोखरेलका कविता सँगै गजल प्रस्तुत गरिएको थियो ।

जुना रेग्मीका गजल र रामचन्द्र अर्यालका मुक्तक र गजल, शिक्षा अधिकृत तथा कवि राजेन्द्र खनालद्वारा दुइवटा गजल,शिव श्रेष्ठले ‘यिनै हुन् मेरा बा’ शीर्षकीय कविता सुनाएर सवैलाई भावुक बनाएका थिए भने राधाकृष्ण भजनसमूहद्वारा भजन प्रस्तुत गरिनु का साथै स्थानीय लक्ष्मी पाण्डेद्वारा मुखाग्र रहेका केही शिलोक सुनाएर सवैको मन जित्ने प्रयास गरिएको थियो । यसैगरी वडा नम्बर ८ का वडाध्यक्ष बासुदेव ढकालद्वारा “कात्रो मात्रै साँचो रहेछ’’ कविता सुनाएर जीवनको तितो यथार्थप्रति सचेत वनाएका थिए । यसैक्रममा कोपिला साहित्य समाजका अध्यक्ष केशवप्रसाद ढकालद्वारा कोपिला वाचन गरिएको थियो ।


उक्त कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरकृत गजलसङ्ग्रह “वसन्तको आँकुरा“ प्रमुख अतिथि, गजल लेखनका क्षेत्रमा सुप्रसिद्ध ज्ञानुवाकर पौडेल लगायतले कृतिको विमोचन गरिएको थियो । सो अवसरमा प्रशिद्ध गजलकार ज्ञानुवाकर पौडेलले संक्षिप्त मन्तव्य राख्दै गजलकारको खुलेर प्रशंसा गर्दै कुनै पत्रिकामा सर्जकको ३ गजल पढ्ने मौका मिलेको र ती गजलहरु उत्कृष्ट लागेको हुनाले प्रस्तुत ‘वसन्तको आँकुरा’ का लागि भूमिका लेखिदिन आफू राजी भएको बताए । उनले राजनीतिककर्मीका रुपमा कृयाशील रहेका सर्जकको काव्यात्मक सृजनशीलता समेत अब्बल रहेका लेखकले निकट भविष्यमा अझै परिष्कृत कृति प्रकाशन गरुन् भनि शुभकामना दिए ।
यसैगरि कार्यक्रममा वसन्तको आँकुरा गजल सङ्ग्रहका सम्पादक समेत रहेका चर्चित युवा साहित्यकार सन्तोष अम्गाईंले गजलकारका रुपमा उदाएका गाउँपालिका अध्यक्ष रमेश थापाामगरले आफूलाई विश्वास गरेर दिनुभएको जिम्मेवारीलाई कत्तिको न्याय गर्न सकियो भन्ने कुरा पाठकीय प्रतिक्रियाको आधारमाा निक्र्योल हुने बताउँदै आफूले सम्पादन गर्ने क्रममा कृतिमा फेला पर्न सक्ने जुनसुकै गल्ती र कमजोरी फेला परेको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । उनले भाषा कला साहित्य भूगोल र इतिहासको अध्ययन भ्रमणका क्रममा साहित्यकारहरुको तीनदिने गोरखा भ्रमण अत्यन्त सार्थक र प्रभावकारी रहने बताउँदै यस्तो सृजनशील कार्यको संयोजन गर्न पाएकोमा सन्तोष
लागेको बताए ।
यसैगरि गजलकार रमेश थापा मगरले साहित्य विज्ञानको पनि जननी रहेको उल्लेख गर्दै साहित्यकारहरु मस्तिष्क जस्तो र जनप्रतिनिधी शरीर जस्तो मात्र भएको हुनाले स्रष्टाहरुसंग विकाश निर्माणका अग्रगामी कार्यमा सकारात्मक सन्देश प्रवाहका लागि आग्रह गरे ।उनले आफ्नो कृतिको विक्रिबाट प्राप्त हुने रकम मानव सेवा आश्रम गोरखालाई समर्पण गरिने जानकारी गराउँदै स्थानीय स्तरका विभिन्न धार्मिक पर्यटकीय र सांस्कृतिक अवस्थितिहरुका बारेमाा प्रकाश पर्दै मनकामना मन्दिरको उत्पत्तिका बारेमा सिद्ध लखन थापाको योगदानका बारेमा समेत प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा दार्चेका खैजडी भजन प्रस्तुत गर्दा रोमाञ्चक माहौल सृजना भएको थियो भने छन्द कवि नारायण पोखरेलले मालिनी छन्दमा ‘गाउँमै मर्न पाउँ ‘ सुनाएर सवैलाई मन्त्रमुग्ध बनाएका थिए । यसैक्रममा भारती न्यौपानेद्वारा ‘देशको स्पन्दन’ तथा डिल्लिराज अर्यालले ‘ढुङ्गालाई ढोग्छु’ शीर्षकीय कविता वाचन गरेका थिए । यसैगरि कवि घनश्याम प्रसाईंले प्यारोडी गीत र हरिबोल काफ्लेद्वारा ‘लखन थापाको पुकार’ सुनाए । स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले पदयात्रीहरुको विशेषता सहितको परिचय प्रस्तुत गरिएको सो कार्यक्रममा अध्यक्ष शीतल गिरीले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा गिरीले ऐतिहासिक गोरखा जिल्ला हरेक दृष्टिकोणले महत्वपूर्ण रहेको बताए ।

सम्बन्धित समाचार

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
  • २०८१ चैत्र १७, १६: ०१

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
  • २०८१ चैत्र १७, १६: ०१

कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...

विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
  • २०८१ चैत्र १७, १६: ०१

धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...