नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

नवलपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ नवलपुरको गैंडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताएका थिए । गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुवात गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’  गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए ।

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन् ।

अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
  • २०८२ बैशाख २, १२: ३७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
  • २०८२ बैशाख २, १२: ३७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...

निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
  • २०८२ बैशाख २, १२: ३७

काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...