थाहा चेली समाजको प्रथम साधारणसभा सम्पन्न – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

थाहा चेली समाजको प्रथम साधारणसभा सम्पन्न

–ओमप्रकाश राउत
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान २०७२ ले प्रत्याभूति गरेको अधिकारको प्रयोग गर्दै नेपाली महिला दिदीबहिनीहरुले राज्यको हरेक तह र तप्कामा पुग्ने शुभअवसरको खोजी गरिरहेका छन् । महिला सशक्तीकरणको आन्दोलनलाई अगाडि बढाइरहेको पाइन्छ । संविधानले निर्दिष्ट गरेको हक र अधिकारको प्रयोग गरी राज्यको हरेक तह र नीति निर्माणमा पनि महिलाको उपस्थिति रहेको सन्दर्भमा मुलुकमा महिला सशक्तीकरणका विषयमा सिंहदरबारदेखि दूरदराजसम्म आवाज पुग्न थालेको छ । यसैसन्दर्भमा एकै स्थान जन्मथालो भएका पालुङका महिला दिदीबहिनीहरु काठमाडौंका विभिन्न स्थानमा विवाह गरेर आएता पनि आफुलाई एकत्रित बनाउने उद्देश्यले महिलाका लागि भेटघाट गर्ने थलो बनाउँदै एक वर्षभित्र सामाजिक संस्थाको रुपमा विकास गरेर थाहा चेली समाजको निर्माण गरेका छन् ।


आजभन्दा १ वर्ष अगाडि मकवानपुर जिल्ला हाल थाहा नगरपालिका पालुङ्गमा जन्मिएका दिदीबहिनीहरुको भेघाट गर्ने थलोको रुपमा स्थापित थाहा चेली सामाजको गत शनिबार गठन भएको १ वर्ष पूरा भएको अवसरमा साधारणसभा सम्पन्न भएको छ । समाजको उद्देश्य मकवानपुर जिल्लामा जन्मिएका चेलीहरुबीच एक आपसमा चिनजान गर्ने, अवसरका खोजी गर्ने तथा महिला सशक्तीकरणलाई अगाडि बढाउने उद्देश्यले स्थापित यो समाजले सामाजिक कार्यमा पनि महिलालाई अगाडि बढाउँदै दुःख सुखमा साथ दिने सामाजको प्रमुख उद्देश्य रहेको समाजका अध्यक्ष रिता ढकाल दवाडीले बताइन् । जसमा मकवापुरे चेलीहरुले आ–आफ्नो स्थानमा बसेर सानोतिनो व्यवसाय तथा साना उद्योगलाई आर्थिक संकट हुन नदिन थोरै रकम ऋण प्रवाह गरेर सुलभ ब्याज संस्थाले प्राप्त गर्ने कार्यको थालनी गरिसकेको छ । भविष्यमा यसलाई संस्थागत विकास गरेर जन्मथलोको पहिचान गराउने र जन्मथलोको विकासमा टेवा पु¥याउने पनि संस्थाको उद्देश्य रहेको वार्षिक साधारणसभामा अध्यक्ष दवाडीले बताइन् ।

छोटै समयमा समाजको वार्षिक साधारण सभा सम्पन्न गर्न तत्परता देखाउने दिदीबहिनीहरुलाई विशेष धन्यवाद दिँदै यस्तो पवित्र उद्देश्य पहिलो प्रवाह गर्ने पालुङ्गे चेली लक्ष्मी लामिछाने लगायत संस्थापक सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

साधारणसभा दुई सत्रमा सञ्चालन भएको हुँदा पहिलो सत्रमा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने दोस्रो सत्रमा सांगितीक नाच तथा खेलकूद कार्यक्रम गरी सम्पन्न गरिएको थियो ।

वार्षिक साधारणसभामा अध्यक्ष रिता ढकाल दवाडी, उपाध्याक्ष लक्ष्मी लामिछाने, सचिव प्रमिला केसी लगायत सदस्यहरुमा दुर्गा खत्री, कौशिला थापा, सरिता बस्नेत, सुनिता बस्नेत, अनिता विष्ट, सानु थापा, शोभा बस्नेत, विष्णु लामिछाने, तारा केसी, संगिता केसी, सृजना केसी, उर्मिला कार्कीको उपस्थिति रहेको थियो ।


वार्षिक साधारणसभाको पहिलो सत्रमा पेश गरिएको प्रतिवेदनमाथि छलफल हुँदा मकवानपुर पालुङ्ग जन्मथलो भएका चेलीहरुमात्र यस संस्थामा आबद्ध हुने भएकोले मकवानपुरमा जन्मेर विभिन्न स्थानमा विवाह गरेर काठमाडौंमा रहेका चेलीहरुमात्र यस संस्थामा आबद्ध हुनुपर्ने, संस्थामा आबद्ध भइसकेर सदस्यता प्राप्त भइसकेपछि तत्काल कुनै आपत्ति विपत्ती तथा बसाई सराईको प्रमाणित नभई छाड्न नपाउने, समाजलाई आर्थिक रुपमा सवलीकरण बनाउन उद्देश्य भएको हुँदा सदस्यहरुले मासिक रुपमा रकम संकलन गरिने र सो संकलित रकम तत्काल बैंकमा जम्मा गर्ने जिम्मा खाता सञ्चालकहरुले गर्न‘पर्ने, सदस्यता प्राप्तिपछि उठाइएको संकलित रकम थाहा चेली समाजका सदस्यहरुलाई मात्र आवश्यकता अनुसार कर्जा प्रवाह गर्ने र सो कर्जा बापत प्रदान गरिएको रकम ३ महिनाभित्र साँवा ब्याज बुझाउनु पर्ने, यस्तो रकम प्रवाह गर्दा विशेष प्रथमिकताको आधारमा गरिने लगायत समाजका चेलीहरुको आत्मियता वृद्धि गर्ने प्रमुख उद्देश्य भएको हुँदा आत्मियता बढाउने प्रमुख जगको रुपमा प्रयोग गरिने साधारणसभाले पारित गरेको छ ।

सम्बन्धित समाचार

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ बैशाख १७, १४: १३

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ बैशाख १७, १४: १३

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति
  • २०८२ बैशाख १७, १४: १३

काठमाडौँ : विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न...