एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

काठमाडौं : नेकपा एमाले धनुषाको आठौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

घाइते हुनेमा सत्यनारायण महासेठ र रामउद्गार दास लगायत रहेका छन् ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको थियो । भोला यादव र लक्ष्मीनारायण यादवले एमालेको धनुषा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको हो । विवाद चर्किँदै जाँदा अधिवेशन स्थलमै कुर्सी हानाहानको स्थिति सिर्जना भएको थियो ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८२ बैशाख २३, १६: २३

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८२ बैशाख २३, १६: २३

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २०८२ बैशाख २३, १६: २३

काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।...