रेशम चौधरी पक्राउबारे गृहमन्त्री लेखकको जवाफ- कुनै पूर्वाग्रह थिएन – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

रेशम चौधरी पक्राउबारे गृहमन्त्री लेखकको जवाफ- कुनै पूर्वाग्रह थिएन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पारेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले चौधरीको पक्राउबारे स्पष्ट पारेका हुन् । उनले सर्वोच्च अदालतका एक कर्मचारीले विवेक गुमाउँदा यो घटना हुन पुगेको बताए ।

उनले यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं उक्त घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूवाग्रह नरहेको बताए । उनले भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको समेत जिकिर गरे ।

साथै, अनधिकृत रुपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी गराए ।  उनले उक्त घटनाले चौधरी, परिवारमा पर्न गरेको असहजताप्रति क्षमा मागे ।

सम्बन्धित समाचार

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०८२ बैशाख २५, १७: २२

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...

कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २०८२ बैशाख २५, १७: २२

काठमाडौं : यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।...

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०८२ बैशाख २५, १७: २२

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...