
काठमाडौं : सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जानकारी गराएको हो ।
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सबै विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ ।

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...