प्रधाननमन्त्री भन्छन्– हामीले भनेपछि भारत र पाकिस्तानबीच लडाइँ रोकियो – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

प्रधाननमन्त्री भन्छन्– हामीले भनेपछि भारत र पाकिस्तानबीच लडाइँ रोकियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच लडाइँ रोकिएको बताएका छन् ।

लुम्बिनीमा सोमबार आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोह कार्यक्रममा प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानले संयम अपनाएकोमा उनीहरूलाई धन्यवाद पनि दिए । उनले भने, ‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।’

प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए । उनले भने,‘उहाँहरुसित पनि कुरा ग¥यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए ।

उनले सबै कुराका लागि शान्तिको महत्त्व भएको पनि बताए । ‘आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वको लागि बहुत खतरनाक चिज हो । यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्दछ र काम गर्नुपर्दछ,’ उनले भने । त्यसमा गौतम बुद्धका वाणीहरू र सन्देशहरू सधैँ सान्दर्भिक रहेको उनले बताए ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ बैशाख २९, १५: २५

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ बैशाख २९, १५: २५

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ बैशाख २९, १५: २५

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...