काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच लडाइँ रोकिएको बताएका छन् ।
लुम्बिनीमा सोमबार आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोह कार्यक्रममा प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानले संयम अपनाएकोमा उनीहरूलाई धन्यवाद पनि दिए । उनले भने, ‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।’
प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए । उनले भने,‘उहाँहरुसित पनि कुरा ग¥यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए ।
उनले सबै कुराका लागि शान्तिको महत्त्व भएको पनि बताए । ‘आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वको लागि बहुत खतरनाक चिज हो । यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्दछ र काम गर्नुपर्दछ,’ उनले भने । त्यसमा गौतम बुद्धका वाणीहरू र सन्देशहरू सधैँ सान्दर्भिक रहेको उनले बताए ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...