
काठमाडौंः लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीकी सांसद गीता गुरुङले राजीनामा दिएकी छन् । जनमत पार्टीकी समानुपातिक सांसद रहेकी उनले प्रदेश सभाका सभामुखसमक्ष राजीनामा दिएकी हुन् ।
उनले सांसद पदमा बसेर आफूले जनताका लागि केही गर्न नसकेको भन्दै करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नठानेकाले राजीनामा दिएकाे बताएकी छन् ।
‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु’, उनको राजीनामा पत्रमा लेखिएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...
काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...