त्रिशूली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता, खोजी हुँदै – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

त्रिशूली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता, खोजी हुँदै


काठमाडौँ : त्रिशूली नदीमा नुहाउने क्रममा २ जना बालिका बेपत्ता भएका छन् ।

बेलकोटगढी-७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार ६ बजे नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले प्रशासनलाई जनाकारी दिए ।

उनका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन्।

दिउँसो नुहाउने भनेर निस्केको ती बालिका साँझसम्म घर नफकिएपछि परिवारले खोज्न थालेका हुन् । प्रहरी र सशस्त्र प्रहरीहरू बेलुका १० बजेसम्म खोजी जारी गर्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको र आज पनि बिहानैदेखि खोजी सुरु गर्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०८२ बैशाख ३१, ०८: ०५

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८२ बैशाख ३१, ०८: ०५

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०८२ बैशाख ३१, ०८: ०५

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...