साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा उनले साउदी अरबको जुवेल शहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत ४६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

“रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका ४६९ मध्ये २२६ जनाले नेपाल फर्कन चाहेका छन् । त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चोहका बताएका छन्” सांसद बर्तौलाले भने, “रोजगारविहीन भएकामध्ये २४३ जनाले नेपाल अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।”

कम्पनी बन्द भएपछि २ महिनादेखि ९ महिनाको तलब पनि नेपाली कामदारले नपाएका बताउँदै उनले तलबका लागि कम्पनीको व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरिएको सदनलाई जानकारी गराए ।

“कामविहीन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्, त्यहाँ खानाको समस्या छ,  बिरामी परेका छन्, स्वास्थ्य उपचार पाएका छैनन्,” सांसद बर्तौलाले भने, “नेपाल फर्कन चाहनेले भिसा बन्द भएकाले स्वदेश आउन पाएका छैनन्, यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुटन म सरकारसँग आग्रह गर्छु ।”

सम्बन्धित समाचार

बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
  • २०८२ बैशाख ३१, १२: २८

काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा...

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
  • २०८२ बैशाख ३१, १२: २८

काठमाडौं : नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त भए । मंगलबार...

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८२ बैशाख ३१, १२: २८

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...