चम्किए लखनउ विरुद्ध कप्तान जितेश र विराट,बैंग्लुरुको सानदार जित – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

चम्किए लखनउ विरुद्ध कप्तान जितेश र विराट,बैंग्लुरुको सानदार जित

Jitesh Sharma (c) of Royal Challengers Bengaluru celebrating his half century during match 70 of the Indian Premier League season 18 (IPL 2025) between Lucknow Super Giants and Royal Challengers Bangalore held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 27th May 2025
Photo by: s Saikat Das / Sportzpics for IPL

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

त्यसअघि १२औं ओभरमा विराट कोहली आउट भएपछि दबाबमा आएको बेंगलुरुका लागि जितेशले म्याच विनिङ पारी खेलेका हुन् । कोहली ५४ रनमा आउट भएका थिए ।

जितेशले ४९ रनमा जीवनदान पाएका थिए । दिग्वेश राठीको बलमा क्याचआउट भएपनि उक्त बल ब्याकफूट नो बल ठहरिएको थियो । त्यसपछि जितेशले पछाडि फर्किएर हेरेनन् ।

लखनउका लागि विलियम ओ’रुर्कले ४ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए। आवेश खान र आकाश सिंहले १(१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले कप्तान रिषभ पन्तको अविजित शतक मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । रिषभ पन्तले अविजित ११८ रन बनाए । मिचेल मार्शले ३७ बलमा ६७ रन बनाए ।

बेंगलुरुका नुवान थुसारा, रोमारियो शेपहर्ड र भुवनेश्वर कुमारले १र१ विकेट लिए ।

योसँगै बेंगलुरुले १४ खेलमा १९ अंक जोड्दै नेट रनरेटमा पञ्जाबभन्दा पछाडि दोस्रोमा  छ ।

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८२ जेष्ठ १४, १०: १२

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८२ जेष्ठ १४, १०: १२

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...

निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
  • २०८२ जेष्ठ १४, १०: १२

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत...