सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : महामन्त्री थापा – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : महामन्त्री थापा

नेपालगञ्ज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताए ।

महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको उल्लेख गरे । उनले पाँच वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको भन्दै संसद् र सरकारलाई समावेशी बनाउने गरी सविधान संशोधन गर्न आग्रह गरे ।

“अब एउटा पार्टीले बहुमत ल्याउनुपर्छ त्यसका लागि संविधान संशोधनको विकल्प छैन”, उनले भने । महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने होइन बरू यसलाई अझ उन्नत बनाउन खर्च कटौती गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले संघ र प्रदेशमा उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै संघमा १० देखि १५ जना र प्रदेशमा तीनदेखि पाँच जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गरे । महामन्त्री थापाले नेपालको संघीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधनमार्फत सुधार गर्न आवश्यक भएको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा कांग्रेस स्पष्ट रहेको औंल्याउँदै कांग्रेस राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको बताए । उनले जनताका असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भएको उल्लेख गर्दै नेपालको राजसंस्था कहिल्यै संवैधानिक नभएको टिप्पणी गरे ।

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य, मैकुलाल वाल्मिकी, लुम्बिनी प्रदेशसका कांग्रेस सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेललगायतले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर नभएको बताए ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ जेष्ठ २०, १९: २७

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ जेष्ठ २०, १९: २७

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८२ जेष्ठ २०, १९: २७

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...