ललितपुर : ललितपुरको गोदावरी नगरपालिका–१४ मा सडक विस्तारको क्रममा विद्युत्को पोल ढल्दा एक जनाको ज्यान गएको छ । मृतक ५५ वर्षीय रमेश खड्गी स्थानीय बासिन्दा हुन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ठैबबाट सानागाउँतर्फ सडक चौडा गर्ने क्रममा प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसीबीले पोल सार्ने प्रयास गर्दा पोल ढल्न पुगेको हो । दुर्घटनामा गम्भीर घाइते भएका खड्गीलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनापछि आक्रोशित स्थानीयले ठैब क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । गोदावरी जाने मुख्य सडक बन्द हुँदा यातायात प्रभावित भएको छ । सातदोबाटो प्रहरी वृत्तमा अहिले मृतकका आफन्त, विद्युत प्राधिकरणका प्रतिनिधि र ठेकेदारबीच छलफल जारी रहेको छ ।
जेसिबीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...