
ललितपुर : ललितपुरको गोदावरी नगरपालिका–१४ मा सडक विस्तारको क्रममा विद्युत्को पोल ढल्दा एक जनाको ज्यान गएको छ । मृतक ५५ वर्षीय रमेश खड्गी स्थानीय बासिन्दा हुन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ठैबबाट सानागाउँतर्फ सडक चौडा गर्ने क्रममा प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसीबीले पोल सार्ने प्रयास गर्दा पोल ढल्न पुगेको हो । दुर्घटनामा गम्भीर घाइते भएका खड्गीलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनापछि आक्रोशित स्थानीयले ठैब क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । गोदावरी जाने मुख्य सडक बन्द हुँदा यातायात प्रभावित भएको छ । सातदोबाटो प्रहरी वृत्तमा अहिले मृतकका आफन्त, विद्युत प्राधिकरणका प्रतिनिधि र ठेकेदारबीच छलफल जारी रहेको छ ।
जेसिबीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा...
काठमाडौं : नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त भए । मंगलबार...
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...