सदनको गतिरोध अन्त्यका लागि माओवादी रचनात्मक ढंगले अघि बढ्ने – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

सदनको गतिरोध अन्त्यका लागि माओवादी रचनात्मक ढंगले अघि बढ्ने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसद्को गतिरोध अन्त्य गर्न सिर्जनात्मक र रचनात्मक ढंगले अघि बढ्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आज बसेको पदाधिकारी बैठकले ‘भिजिट भिसा’का नाममा नागरिकमाथि ठगी भइरहेको विषयमा भने छानबिन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।

‘व्यक्ति विशेषमा पार्टीको ध्यान छैन, मुख्य विषय छानबिन समिति गठन गरी प्रभावकारी छानबिन गर्नु हो, यसबारेमा निरन्तर छलफल भइरहेको छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने दृष्टिकोणबाट छलफल अघि बढेको छ’, बैठकपछि उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो गम्भीर विषय भएकाले छानबिनका लागि वातावरण बनाउनुपर्छ । सदन सञ्चालनका बारेमा सकारात्मक छलफल गरी अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।’

बैठकमा पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनका बारेमा अध्यक्षले जानकारी दिएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले वाइसिएलमा सहमतिबाट नेतृत्व चयन गरिने बताए ।

प्रवक्ता सापकाटोले द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतबाट आएको आदेशका बारेमा अहिले टिप्पणी गर्ने समय नभएको धारणा राखे । ‘लिखित आदेश आएको छैन, आफ्नै ढङ्गबाट प्रचारप्रसार र व्याख्या गरिएको छ, यसका बारेमा अहिले नै छलफल गर्नुपर्ने र धारणा बनाउनुपर्ने अवस्था होइन, पूर्णपाठ आइसकेपछि मात्रै भन्न सकिन्छ । अदालती आदेशको कुनै अंशमा वा अपूर्ण विषयमा टिप्पणी गर्नु परिपक्वता देखिँदैन’, उनले भने ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ जेष्ठ २२, १२: ३७

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ जेष्ठ २२, १२: ३७

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ जेष्ठ २२, १२: ३७

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...