लायन लम्साल अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोस निर्वाचित – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

लायन लम्साल अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोस निर्वाचित

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय मल्टिपल ३२५ नेपालको यही जेठ २४ गते कमलादी प्रज्ञा भवनमा भएको राष्ट्रिय महाधिवेशनबाट लायन राजन लम्साल अत्याधिक मतका साथ विजयी भएका छन् ।

जसअनुसार लायन राजन लम्सालले १३८७ मत प्राप्त गरे भने उनका निकटम उपविजेता खगेन्द्र सिटौलाले ५३१ मत मात्र पाएका छन् । जसअनुसार लायन राजन लम्सालले लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टरमा नेपालको तर्फबाट इन्डोस भएका छन् ।

नेपालमा १५ डिष्ट्रिक्स रहेको र मल्टिपल ३२५ अन्तर्गत लायन राजन लम्सालले ७२ प्रतिशत मत पाएर लायन्स क्लब अफ अन्तर्राष्ट्रियको डाइरेक्टरमा निर्वाचनका लागि सर्वाधिक योग्य भएका हुन् । नेपालको अहिले अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी रहेका छन् । अब तेस्रो अन्तर्राष्ट्रिय डाइरेक्टरमा नवनिर्वाचित लम्साल हुनेछन् ।

लायन राजन लम्सालले आफु अन्तर्राष्ट्रियमा नेपालबाट इन्डोस भएको हुँदा अन्तर्राष्ट्रिय डाइरेक्टर सजिलैसँग हुने बताएका छन् । अन्तर्राष्ट्रिय डाइरेक्टरको निर्वाचनपछि नेपालको राष्ट्रिय गानलाई विश्वभर फैलाउने आफ्नो लक्ष्य पूरा हुने बताएका छन् ।

साथै, लाइनिजममा नेपालको नाम उच्च राख्न सधैं कटिबद्ध हुने बताएका छन् । लायन राजन लम्साल विभिन्न व्यापारिक क्षेत्रमा आबद्ध हुँदै विश्वका दर्जनौं शक्तिशालीहरुको भ्रमण गरेका छन् ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८२ जेष्ठ २५, १३: ५९

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८२ जेष्ठ २५, १३: ५९

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८२ जेष्ठ २५, १३: ५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...