काठमाडौं : रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन् । सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो बताएका हुन् ।
गैरआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि उनले बताए । उनले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गरे ।
मन्त्री राईले भने, ‘समस्या समाधान गर्दै जाऔं । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय पनि होला । ति कुराहरु पनि भोलि नगरी नहुने कुनै परिस्थितिमा छ भने हाम्रो नेपालको संविधान त अपरिवर्तनीय त भनिएको छैन । हामीले भनेका छैनौं । संविधान अकाट्य भनेर भनेका छैनौं । समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ । केही सीमाना हामीले गुमाउनु परे पनि हामी जे होस्, स्वतन्त्र दिवस मनाउनु नपर्ने हाम्रो देश यसलाई गौरव मानौं । हाम्रो इतिहास र वीरताको कहानी छ ।’
मन्त्री राईले नेपालले केही सीमानाहरु गुमाउनु परेको भएपनि नेपाल स्वतन्त्र देश रहेको बताए । उनले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताए ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...