सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै ऐन बनाउने – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै ऐन बनाउने

काठमाडौं : सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो जानकारी दिएका हुन् ।

उनले एनआएन नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताए । परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा सरकारले बेग्लै विधेयक तयार गर्दैछ । त्यसमा संविधानको भावना र संविधानको व्यवस्था बमोजिम गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकार उपभोग गर्ने व्यवस्था त्यसले गर्छ । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विषयमा समेत त्यही विधेयकले व्याख्या गर्ने भएको कारण  छिट्टै सम्मानित सदनमा प्रस्तुत गर्छौं । अहिले परराष्ट्र मन्त्रालयले यसको नेतृत्व गरिरहेको छ । अहिले यो विधेयक गृह मन्त्रालयमा समेत आएको छ । त्यसकारण यो विषयलाई यस विधेयकमा नराखौँ ।’

गृहमन्त्री लेखकले गोरखा सैनिकका समस्या समाधान गर्नको लागि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएको समेत स्पष्ट पारे । उनले गोरखा सैनिकका मागहरुको सन्दर्भमा अझै छलफल र बहस गर्न जरुरी रहेको समेत बताए ।

उनले गोरखा सैनिकहरुले उठाउनु भएको माग ऐनसँग नभई संविधानसँग नै सम्बन्धित रहेको समेत उल्लेख गरे । ऐनकै कारण गोर्खा सैनिकका समस्या समाधान हुनेमा सांसदहरुको बीचमा एकमत नभएका कारण संविधान नै हेर्नुपर्नेमा उनको जोड छ ।

गोर्खा सैनिकहरुले बेलायतको नागरिकता पाएपनि नेपालको वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग राख्दै आएका छन् ।

सम्बन्धित समाचार

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
  • २०८२ जेष्ठ २७, १५: ११

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...

निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
  • २०८२ जेष्ठ २७, १५: ११

काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...

खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा
खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा
  • २०८२ जेष्ठ २७, १५: ११

काठमाडौं : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने...