टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं : काठमाडौंको टोखास्थित ग्रान्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ । प्रहरीको कारबाहीमा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन् भने दुई प्रहरी पनि घाइते भएका छन् ।

प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा गएको टोलीले मंगलबार लागुऔषध कारोबारीमाथि गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका कारोबारीहरूको साथबाट प्रहरीले १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा घाइते भएका प्रहरीहरुमा रवीन्द्र केसी र नवराज घिसिङ छन् । दुवै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ जेष्ठ २७, १५: ५०

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ जेष्ठ २७, १५: ५०

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ जेष्ठ २७, १५: ५०

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...