काठमाडौंः एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औरही गाँउपालिकामा अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा सांसद ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठाकुर धनुषा क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित एमालेका सांसद हुन् ।
आयोगका अनुसार गाँउपालिकाले १५ बेडको अस्पताल निर्माणका लागि २४ करोड ४३ लाख रुपैयाँको लागत अनुमान तयार गरेको थियो । जसमध्ये १२ करोड ३५ लाख रुपैंयाको प्रस्ताव पेश गर्ने प्रतिष्ठा, धुलिखेल, एक्सिस एसिउन जेभी (संयुक्त उपक्रम)लाई ठेक्का दिनुपर्नेमा १९ करोड १४ लाख रुपैयाँको प्रस्ताव पेश गर्ने लुम्बिनी, डीएण्डएन जेभीलाई छनौट गरेर ठेक्का दिइएकाे हाे ।
आयोगले ठाकुरसहित १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...