काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा नेपालले तेस्रो जित निकालेको छ।
मंगलबार स्कटल्यान्डको डन्डीमा भएको आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्यो।
नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो।
नेपाललाई १० रन पेनाल्टी दिएपछि ब्याटिङ नै सुरु नगरी १० रन जोडेको नेदरल्यान्ड्सका लागि वेस्ली वारेसीले सबैभन्दा बढी ३६ रन जोडे।
नेपालको जितमा डेब्यू खेलाडी नन्दन यादवले ३ विकेट लिन सफल भए। नन्दनसँगै सन्दीप लामिछानेले पनि ३ विकेट लिए।
स्कटल्यान्डको डन्डीमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २३६ रन जोड्यो।
नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। आरिफले ८५ बलमा ७ चौका र २ छक्काको मद्दतमा ८४ रन जोडे।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...